Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल कोरोना अस्पतालकाे भेन्टिलेटरमा उपचाररत २ संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालकाे भेन्टिलेटरमा उपचाररत २ संक्रमितको मृत्यु

  • 5.6K
    SHARES

  • बुटवल कोरोना अस्पतालकाे  भेन्टिलेटरमा उपचाररत २ संक्रमितको मृत्यु

    बुटवल,असोज ८-

    बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।

    गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

    यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology