बुटवल,असोज ७-
साझा यातायातले आजबाट लामो दूरीका बस चलाउने भएको छ। कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द रहेका साझाका लामो दूरीका बस चल्ने भएका हुन्।
सरकारले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। त्यही अनुसार आवश्यक तयारी गरेर साझाले लामो दूरीमा सञ्चालित डिलक्स रात्री बससेवा सुरू गर्न लागेको हो।
साझाले दुई गन्तव्यमा बस चलाउने भएको छ। काठमाडौं-बाग्लुङ् र काठमाडौं-भैरहवा रूटमा बुधबारबाट बस चलाउँदै छ। बस सञ्चालनका क्रममा सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गरिने साझाले जनाएको छ।
दुई गन्तव्यका लागि साझाका बस नयाँ बसपार्कबाट साँझ सात बजे र कलँकीबाट साँझ साढे सात बजे छुट्ने छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)