Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गणतन्त्रको बिकास र नेपालमा यसको प्रारम्भ

गणतन्त्रको बिकास र नेपालमा यसको प्रारम्भ

  • 4.1K
    SHARES

  • गणतन्त्रको बिकास र नेपालमा यसको प्रारम्भ

    -कृष्ण प्रसाद भट्टराई

    जनताले आफ्नो शासक आफैले छान्ने अनि शक्तिलाई जनतामाझ र आफूले छानेको प्रतिनिधिमाझ बाँडफाँड गर्ने पद्धतिलाई गणतन्त्र भनिन्छ । गणतन्त्रमा राज्य र उक्त राज्यसँग सम्बन्धित सम्पूर्ण कुराहरुमा जनताको साझा अधिकार हुन्छ । त्यसैले यो शासनपद्धति निरंकुश तन्त्र र राजतन्त्र भन्दा फरक र उदार हुन्छ ।

    यस प्रकारको शासन पद्धतिमा शासकलाई जनताले आफू माझबाट छान्ने हुँदा एक व्यक्ति वा उसको वंशले लामो समयसम्म शासन गर्न पाउँदैन ।

    गणतन्त्र ( Republic) लेटिन शब्द  “res publica " बाट आएको मानिन्छ , जसको अर्थ  “ public affair " अर्थात् “जनतासँग सम्बन्धित“ वा “जनसम्वन्ध“ भन्ने लाग्छ । Jesus Christ जन्मनु भन्दा पनि धेरै वर्ष पहिले देखि ग्रीकको रोमन  राज्यमा गणतान्त्रिक शासन पद्धति रहेको कुरा इतिहासमा भेटिन्छ । महान दार्शनिक एबितय ले आफ्नो किताब “Politeia“ लेखे जसको अर्थ The Republic हुन्छ ।

    उक्त किताबमा उनले ग्रीक मा गणतन्त्र आएमा यो एक आदर्श राज्य हुने र उक्त राज्यका जनता एक आदर्श जनता ( Ideal Citizen) हुने कुरा ब्याख्या गरेका छन् । यस्तै शासनपद्धति ले गर्दा ग्रीक सभ्यता संसारकै उत्कृष्ट मानिन्छ ।  ग्रीक गणतन्त्र, रोमन गणतन्त्र, भेनिसको गणतन्त्र  बाट विस्तार हुँदै मध्यपूर्वी, पूर्वीय देश, एसियाली देश र दक्षिण एसियाली देशहरुमा गणतान्त्रिक शासन पद्धतिको शुरूवात भएको पाइन्छ ।

    नेपालमा पनि पहिले निरंकुश शासन प्रणाली, राजतन्त्र हुँदै गणतान्त्रिक प्रणाली को विकास भएको पाइन्छ । मल्ल शासन प्रणाली, लिच्छवि शासन, बाइसे र चौबिसे शासन, राणाशासन हुँदै शाहकाल, पंचायती शासन प्रणाली, प्रजातन्त्र र अहिले संघीय प्रकृतिको गणतन्त्र अर्थात् संघीय गणतान्त्रिक नेपाल भएको छ ।

    माओवादी जनयुद्ध, मधेसी आन्दोलन, जनआन्दोलन, जातीय आन्दोलन, महिला र जनजाति आन्दोलन जस्ता थुप्रै संघर्ष पश्चात जनताको चाहना बमोजिमको संघीय गणतन्त्र आएको छ ।   २०६५ साल जेष्ठ १५ गते नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरियो । सम्पुर्ण नेपालीहरुमा गणतन्त्रले नेपाललाई सम्वृद्ध राष्ट्र बनाई आशा र चाहना पूरा गर्नेछ भन्ने ठूलो भरोसा ल्याएको थियो तर राजनैतिक खिचातानी र अस्थिरताले गर्दा देश झनै संकटको चक्रव्युमा पर्ने देखिन्छ ।

    सम्पुर्ण नागरिकको आशा निराशामा परिवर्तन हुन थालेको भान हुन्छ तैपनि आशाको दीयो निभ्न दिनुहुँदैन . आशा गरौ नेपाल अटल रहनेछ, हाम्रा आशा र चाहना पूरा हुनेछन् ।
     गणतन्त्र दिबस २०७८ को हार्दिक मंगलमय शुभकामना ।

    वाणगंगा – ८ , कपिलवस्तु
    bhattrai.kp1985@gmail.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology