Logo बिहिवार, आश्विन १ गते २०८३
images

युनिभर्सल मेडिकल कलेज भैरहवाले भन्याे-‘ बुधबार ४ बजेपछि अक्सिजनसहितको उपचार दिन सक्दैनाैँ’

युनिभर्सल मेडिकल कलेज भैरहवाले भन्याे-‘ बुधबार ४ बजेपछि अक्सिजनसहितको उपचार दिन सक्दैनाैँ’

  • 3.5K
    SHARES

  • युनिभर्सल मेडिकल कलेज भैरहवाले भन्याे-‘ बुधबार  ४ बजेपछि अक्सिजनसहितको उपचार दिन सक्दैनाैँ’

    बुटवल,बैसाख २९- 

    युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवाले अक्सिजन सिलिण्डर मौज्दात नभएकाले उपचार दिन नसक्ने जनाएको छ ।

    अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ ।

    बुधबार दिउँसो जारी विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । एक हप्ताअघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले बताए ।

    ढकालका अनुसार अस्पतालमा कोभिड-१९ का ९० जनासहित दुई सय जना बिरामी उपचाररत छन् । तीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ । तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा छन् ।

    माग अनुसार अक्सिजन जिल्लाका उद्योगले दिन नसकेपछि अस्पतालले चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिएपछि गएराति मध्यरात जिल्ला प्रशासन कार्यालयमा पुगेर हारगुहार गरेको थियो ।

    १० दिन अगाडि पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । 

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल लगायतका कोभिड अस्पतालहरुमा पनि अक्सिजनको अभाव भइसकेको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    universal clz.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology