Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक दलहरु कृपया सत्ता होईन जनता बचाऊ !

राजनीतिक दलहरु कृपया सत्ता होईन जनता बचाऊ !

  • 3.1K
    SHARES

  • राजनीतिक दलहरु कृपया सत्ता होईन जनता बचाऊ !

    -विनोद परियार 
    म एक पत्रकार । दैनिकी प्राय उस्तै हो । विहानदेखि रातीसम्म समाचारकै खेती । सञ्चारकर्मी/पत्रकारका लागि हरेक दिन नयाँ हुन्छ । किनकी हरेक विहानसँगै लोकले थाहा नपाएका बिषय खोज्नुपर्छ ।

    यो हाम्रो पेशाको धर्म हो । तर एक वषदेखि भने लोकले भोगेको र पूर्वअनुमान गरेको बिषय मै समाचार लेखेर दैनिकी शुरु भएको छ । त्यो हो कोरोना महामारी । गत वर्षदेखि कोरोना महामारी शुरु भयो । शुरुवाती दिनमा  कोरोनाले भविष्यमा पार्न सक्ने असरबारे केन्द्रीत समाचार लेखियो । तर, अहिले हरेक विहानसँगै दुखद खबर लेख्नुपरेको छ । कोरोनाबाट भएको क्षती अर्थात संक्रमितको मृत्यूूको खबरबाट दिनको शुरुवात गर्नुपरेको छ ।

     पत्रकारले समाचार नलेखेँ पनि सरकारले हरेक अपरान्हमा त कोरोना अपडेटमा मृत्यूूको संख्या भनिहाल्छ । तर, हामी पत्रकारले बिरामीको मृत्यूूको कारण समेत खोतलेर लेखिरहेका छौं । मेरो कार्यथलो बुुटवल भएकाले एकसातामा बुटवल र यसआसपासमा कोरोनाबाट मृत्यूू भएकाहरुको समाचार लेखिरहेछु । ती समाचार लेख्दा म हरेक पटक मृत्यूूको कारण खोज्छु, र ती मृत्यूूको प्रायः एउटै कारण भेटिन्छ, ‘उपचार नपाएर’। यी कारण सुन्दा म झस्किन्छु । किनिकि यो समस्या भोली पनि दोहरिनेवाल छ । lumbini provincial hospital.jpg
    पत्रकार पनि यहि समाजकै पात्र हो । उ सँग पनि सामाजिक उत्तदायित्व जोडिएको हुन्छ । पिडामा परेकाहरुले अन्तिम साहराका रुपमा पत्रकारलाई खोज्छन् । त्यसैले पत्रकारले भन्यो भने उपचार पाईन्छ भनेर पनि होला आजभोली प्राय फोन आइरहन्छ । दैनिक  ५-७ जनाको बिरामी छटपटिएको पिडा सहितको फोन आउछ । तर, म केहि गर्न सक्दीन ।

    मैलै भनेर चल्ने सहर पो कहाँ हो र ? अस्पतालहरु संक्रमितले भरिएका छन । अक्सिजन छैन, जहाँ अक्सिजन छ, त्यहाँ बेड छैन, आइसियूू अनी भेन्टिलेटर छैन ।  बिरामीहरु पनि लाख कोसिस गरेर अन्तिममा पत्रकारलाई भनेर बचाउन सकिन्छ की भनेर फोन गर्दारहेछन ।  तर, यहाँ प्रशासकहरुकै चल्दैन । म जस्तो समाचारकै खेती मात्रै गर्ने पत्रकारले भनेर कहाँ उपचार पाउने ? मन्त्री नेताहरुको त सत्ताको शक्ति चलेकै होला । तर, आम नागरिकको बेहाल छ । त्यो बेहाल बनेकाहरुको  साहरा बन्न म पनि सक्तिन ।

    बरु म त्यहि छटपटिएर मरेकाहरुको पिडा लेख्न सक्छु । उनीहरुको कथा भन्न सक्छु । तर, ती समाचार पनि केवल औपचारीकमा सिमित छ । पिडाहरु पोखिन्छन् । आँसुुहरु चुहिन्छन । यहि समाचारलाई अक्षर लेख्ने म आजभोली निरीह बनिरहेको छु  । समाचार हेर्ने÷पढ्नेहरु कति थकथकाउछन । कतिले समवेदना दिन्छन, त्यो भन्दा बढि त्रसित छन । 
    सञ्चारको आफ्नै कर्तव्य छ । त्यो कर्तव्य पूरा गरिरहेका छौं  ।

    तर हाम्रा यी समाचार किन पढिदैन, जे समस्या देखिएको छ, त्यहि नियति पलपल किन दोहरिन्छ ? यसको उत्तर पाइरोखेको छैन । यहाँ जनताको कुरा सुन्ने शासक छैन, पिडामा मलम लगाउने मनहरु भेटिदैन । यो अकल्पनीय महासंकटमा किन सरकार, समाज अनी सबै मुकदर्शक बनिरहेछ । 
    एउटा प्रसंग म यहाँ उल्लेख गर्न चाहन्छु । ३ दिनअघि मेरो एक जना आफन्ती जो बुटवलमा टेलरिङ्ग व्यवसाय गर्नुुहुन्थ्यो । पाल्पाबाट बुुटवल आएर व्यवसाय शुरु गरेका ती यूूवा आमा र वहिनिको साहरा हुनुहुन्थ्यो ।

    कोरोनाले सिकिस्त भएपछि छटपटिदै मलाई फोन गर्नुभयो । तुरुन्तै अक्सिजन दिनुपर्ने भएकाले आफनो एक्लो छोरा बचाउन आमा फोनबाटै हारगुहार गर्दै हुनुहुन्थ्यो । यो पिडामा सायद मलम लगाउने अपेक्षाले उहाँहरुले मलाई सम्झनुुभयो । यहाँका अस्पतालका चिने÷जानेका व्यक्तिहरुलाई फोन गरेँ । अक्सिजन बेडका लागि चिकित्सकहरुलाई गुहारेँ । बल्ल तल्ल भैरहवा स्थित भिम अस्पतालमा भूँइमै भएपनि बेड पाइयो । तर, तुरुन्तै आइसियूूमा राख्नुपर्ने भएपनि बेड नपाएपछि यो संसार छाड्न्भयो । आइसियूू बेड पाएको भए सायद उहाँ बाच्नुुहुन्थ्यो । ३५ बर्षिय यूूवा जसले उपचार नपाएकै कारण प्राण त्याग्नुप¥यो । यस्ता पिडाहरु हरेक नेपालीहरुमा बल्झिदै छ । 
    चिकित्सकहरु अस्पतालबाट फोन गर्दै भन्छन –‘अस्पतालमा अक्सिजन सकियो, तपाईहरुले समाचार लेखिदिनुप¥यो, कतैबाट जुट्छ की ।’ अस्पतालको शैयामा छटपटाएकाहरु भन्छन–‘मलाई अक्सिजन  दिनुस’ आफन्तीहरु भन्छन–‘आइसियूूमा राख्न पाए बिरामी बचाउन सकिन्थ्यो ।’ यस्तै–यस्तै चित्कार छ । म यी चित्कारहरुको समाचार लेखिरहेछु  । 
    होम क्वारेन्टीनमा बसेकाहरु आत्तिदै भनिरहेका छन । ‘लौन सरकार हामीलाई बचाइ दे ।’ यी चित्कारहरु बढिरहेको छ । मलाई पटक्कै मन छैन, कोरोना संक्रमितले उपचार नपाएर मरेको खबर लेख्न ।

    मलाई पटक्कै मन छैन, ति पिडाका कथाहरु भन्न । जति लेखे पनि न सरकार देख्छ, न सुन्छ न त यी बिरामीका चित्कारको पिडा नै बुुझ्छ सरकार । यो महाविपत्तिमा पनि सत्तासिन दल र विपक्षी पार्टीहरु आफ्नै स्वार्थ (सत्ता) राजनितिमा होमिएको देख्दा म बडो अचम्मित छु । म जस्तो एउटा सामान्य पत्रकार जसले हरेक घटनामा दह«ो मन बनाएर समाचार लेख्न सक्छ । तर, अहिले मूलूकमा दोस्रो लहरले निम्त्याएको संकटले मन अत्तालिएको छ ।

    मृत्यूू भएकाहरुको समाचार लेख्दै गर्दा हात कापिरहेको छ । यस्तो महाविपतमा पनि सरकार उपनिर्वाचनको तयारीमा छ । प्रधानमन्त्री विश्वासको मत लिनका लागि दलहरुसँगको छलफलमा ब्यस्त हुनुहुन्छ । विपक्षी दलहरु अर्को नयाँ सरकार गठनका लागि महागठबन्धन बनाउन कम्मर कसेर लागेका छन् । 
    कोरोना महामारी यो भन्दा भयानक र भयावह कहिले हुने हो ? यस्तो महासंकटमा पनि सरकार लास गनेर बसिरहेछ । लाग्छ राजनितिक दलहरुलाई कोरोना महामारी एउटा मज्जाक हो, यो उत्सव हो । जनता मरिरहदा पनि सत्ता जोडघटाउमा मस्त हुने यो कस्तो निकृष्टता हो । यो समय सत्ता जोडघटाउ गर्ने बेला होईन । जनतालाई कसरी बचाउने ? कोरोना संक्रमणबाट कसरी नागरिकलाई सुरक्षित गर्ने ? यता तर्फ ध्यान दिने होला नी !

    तीन तहका सरकार एकजुट भएर कोरोना परास्त गर्ने बेला हो । संघीय र प्रदेश सरकारले कोरोना जित्न स्थानीय सरकारलाई प्रोत्साहन गर्न जरुरी छ । भएका अस्पतालहरुको स्तरबृद्धि गर्ने, निजि अस्पतालको प्रयोग अनी पालिका पालिकामा अक्सिजन सहितको आइसोलेशन बनाउन धेरै ढिला भइसक्यो ।  

    म अनुरोध गर्छु । अब कृपया स्थिती सहज छैन । धेरैजसो बिरामी अस्पताल पुुग्नै पाएका छैनन । अक्सिजन पाएकाले आइसियूू पाएका छैनन । आइसियूू पाएकाले भेन्टिलेटर पाएका छैनन । तडपिएर, मुर्छिएर जनता मरिरहेका छन । अलिकति पनि मानवीयता भए, सरकार अनी राजनितिक दलहरु यो बेला सत्ता होईन जनता बचाउन लाग । यो महासंकटबाट मुक्ति पाउने बाटो खोज ।  

    मोफसलमा बसेर पत्रकारिता गर्ने म एक मामूूली पत्रकारलेको विनम्रता पूर्वक आग्रह हो । अब म मृत्यूूको होईन, कोरोना जित्नेहरुको कथा लेख्न चाहन्छु ।  कोरोना विरुद्धको लडाईँमा सरकार, राजनितिक दल तथा नागरिक योगदानको चर्चा गर्न चाहन्छु । निकै ढिला भयो, अब ढिला नगरौं । 

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology