गुल्मी, बैशाख ५ -
सामुदायिक रेडियो पुष्पाञ्जलीको नववर्ष २०७८ सालको भित्तेपात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
रेडियोको आफनै भवन मुसिकोट नगरपालिका ७ वामीटक्सार पल्टारमा सम्पन्न कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रशारक सघं अकोराबका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोहरुलाई सरकारले अभिभाकत्व ग्रहण गर्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक रेडियो पुष्पाञ्जली गुल्मीको नयाँ वर्ष २०७८को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले विगत २ दशक देखि सञ्चालित सामुदायिक रेडियोलाई राज्यले उचित सबोंधन गर्न नसकेको बताउँदै सघं, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले सामुदायिक रेडियोको दिगो संरक्षणका विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।
उहाँले सामुदायिक रेडियोको विषयमा रहेका नीतिगत चुनौतीहरुलाई समाधान गर्न सामुदायिक रेडियो प्रशारक सघंले बारम्बार सरकारलाई झकझकाउने काम गरेको समेत बताउनुभयो ।
दक्षिण एसियामै नेपालका सामुदायिक रेडियोहरुले नमुना काम गरेको भन्दै सामुदायिक रेडियोलाई कानुनी रुपमा स्पष्ट पहिचान सहिति सामुदायिक रेडियो भनेर किटान हुनेगरी आफुहरुले बारम्बार माग गरिरहेको पनि बताउनुभयो । एसियामै पहिलोपटक नेपालमा सामुदायिक रेडियोको परिकल्पना गरिनु उदाहरणीय भएपनि सरकारले अवहेलना गर्नु दुःखद भएको बताउनुभयो ।
गिरीले विपदको बेलामा सामुदायिक रेडियोहरुले खेलेको भुमिका विश्वस्तरबाटै प्रशसां गरेको भन्दै भुकम्प र कोरोना महामारीका बेला रेडियो सुचनाको गतिलो माध्यम बनेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले सामुदायिक रेडियोमा काम गर्ने रेडियोकर्मीहरुको क्षमता वृद्धि गरी बदलिँदो समयमा रेडियोलाई प्रविधिमैत्री बनाउनु प्रमुख चुनौती रहेको बताउनुभयो । सदरमुकाम भन्दा बाहिर सञ्चालित रेडियोहरु अझै कठिनाईका साथ सञ्चालन भएकोले यस्ता रेडियोहरुको विकासका लागि अकोराब सधै कटिबद्ध रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै रेडियोका संरक्षक एवम् लोकान्तर डकटकमका प्रधान सम्पादक विमल गौतम, पत्रकार ऋषि धमलाले ग्रामिण क्षेत्रबाट सञ्चालित रेडियोले समुदायमा खेलेको भुमिकाको उच्च प्रशसां गर्नुभएको थियो । सामुदायिक रेडियोहरु सुचनाको सवांहक सगैं स्वयंसेवी बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)