Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुद्ध सिटी डेन्टल र आईएमई लाइफवीच सम्झौतामा हस्ताक्षर ,उपचारमा छुट दिइने

बुद्ध सिटी डेन्टल र आईएमई लाइफवीच सम्झौतामा हस्ताक्षर ,उपचारमा छुट दिइने

  • 51
    SHARES

  • बुद्ध सिटी डेन्टल र आईएमई लाइफवीच सम्झौतामा हस्ताक्षर ,उपचारमा छुट दिइने

    बुटवल ,कार्तिक १९ ।

    बुद्ध सिटी डेन्टल प्रालि र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबिच दन्त स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।

    दुवै संस्थाबीच आज सम्पन्न समझदारीपत्र (एमओयू) भएको हो ।सम्झौता अनुसार आईएमई लाइफका कर्मचारी, अभिकर्ता, बीमित तथा सरोकारवालाले बुद्ध सिटी डेन्टलबाट प्रदान गरिने विभिन्न दन्त उपचार तथा अस्पताल भर्नासम्बन्धी सेवामा विशेष छुट दिईनेछ ।

    सम्झौताअनुसार बुद्ध सिटी डेन्टलले आईएमई लाइफसँग आबद्ध व्यक्तिहरूलाई दन्त उपचार सेवामा सहुलियत प्रदान गर्नेछ।१०-१५ % छुटको हुने बुद्ध सिटी डेन्टलका संचालक डा मुकेश सापकोटाले नागरिक अनलाइनलाई बताउनुभयो। 

    सम्झौतापत्रमा आईएमई लाइफका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख रविशंकर सरार्फ र बुद्ध सिटी डेन्टलका तर्फबाट डाक्टर मुकेश सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताका क्रममा साक्षीका रूपमा चन्द्रौटा शाखा प्रबन्धक वसुन्धरा आचार्य र डेण्टलकी सविता राना रहनुभएको छ।

    सम्झौताअनुसार आईएमई लाइफले आफ्ना कर्मचारी, अभिकर्ता तथा बीमितलाई बुद्ध सिटी डेन्टलको सेवा सुविधाबारे जानकारी गराउने, उपचारका लागि सिफारिस गर्ने तथा संस्थालाई आफ्नो आधिकारिक दन्त स्वास्थ्य सेवा साझेदारका रूपमा प्रवर्द्धन गर्नेछ।

    त्यस्तै, बुद्ध सिटी डेन्टलले योग्य लाभग्राहीको पहिचान गरी सहमतिअनुसार छुट उपलब्ध गराउने, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा स्वास्थ्य सचेतनासम्बन्धी अभियानमा सहकार्य गर्नेछ।

    सम्झौतामा दुवै संस्थाले संयुक्त रूपमा दन्त स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा वित्तीय साक्षरतासम्बन्धी सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

    लाभग्राहीले आईएमई लाइफको आधिकारिक परिचयपत्र वा प्रिभिलेज कार्डका आधारमा सेवा सुविधा लिन सक्नेछन्। कर्मचारीले संस्थाको परिचयपत्र तथा अभिकर्ता र बीमितले आईएमई लाइफको डिजिटल एपमा उपलब्ध प्रिभिलेज कार्डमार्फत आफ्नो पहिचान प्रमाणित गर्नुपर्नेछ।

    सम्झौता दुई वर्षसम्म लागू हुनेछ। दुवै पक्षको आपसी सहमतिमा यसको अवधि नवीकरण गर्न सकिने व्यवस्था छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology