Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलको शुक्रपथमा दीपावली सडक खाना महोत्सव

बुटवलको शुक्रपथमा दीपावली सडक खाना महोत्सव

  • 48
    SHARES

  • बुटवलको शुक्रपथमा  दीपावली सडक खाना महोत्सव

    बुटवल ,कार्तिक २० ।

    नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु गरिएकाे छ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा आयाेजना गरेकाे महाेत्सवकाे शुक्रबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्ज्वलन गरि उद्घाटन गरे । 
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको गौरवपूर्ण इतिहास र बुटवल उद्योग वाणिज्य संघको लामो व्यावसायिक विरासतलाई स्मरण गर्दै सहरको आर्थिक विकासमा स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
    उनले बुटवलको व्यापार, व्यवसाय र आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गरे । औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार फरक सोच र प्राथमिकतासहित अघि बढेको बताउँदै उनले मोतीपुर औद्योगिक क्षेत्र स्थापना र बुटवल १५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए ।
    त्यसैगरी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महाेत्सवले बजार चलायमान गराउने वबश्वास व्यक्त गरिन् । बुटवल समयसापेक्ष डिजिटल प्रविधिमा अघि बढेकाे बताउँदै उनले समयकाे मागसंगै अगाडि बढ्न उद्याेगी व्यवसायीलाई आग्रह गरिन् । 
    बुटवल उपमहानगरपालिका संरक्षक रहेकाे दीपावली सडक खाना महाेत्सव यहि कात्तिक २२ गतेसम्म अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिने छ । महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५० वटा स्टल रहने छन् । 
    महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
    कार्यक्रममा बाेल्दै संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको पनि बताए ।
    महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन् । महाेत्सवकाे पहिलो दिन कार्यक्रम उद्घाटनसंगै स्थानीय ब्यान्डको प्रस्तुति रहेकाे छ । दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति हुनेछ ।
    कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञ पंगेनी, उद्याेग व्यापार संघ बुटवलका अध्यक्ष लाेकनाथ पन्थी, संघका वरिष्ठ उपाध्यक्ष सुरज भट्टराई, महासचिव बसन्तप्रसाद ढकाल लगायतले स्थानीय कला, संस्कृति र खानाका विविध स्वादलाई एउटै स्थलमा प्रस्तुत गर्ने महोत्सवले तिहारको रौनक बढाउनुका साथै बुटवललाई चलायमान र उत्सवमय बनाउने विश्वास व्यक्त गरेका थिए ।
    #नागरिकअनलाइन #nagarikonline

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, कार्तिक २१ २०८३१२:०९:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology