बुटवल,चैत्र ११-
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि दोस्रो लहर शुरु हुने चिन्ता व्यक्त गरिएको छ । पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७२ हजार १८७ जना निको भएका छन् ।
यही अवधिमा १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड–१९ बाट ३ हजार २० जनाले ज्यान गुमाइसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)