बुटवल,फागुन २३-
सहमति बिपरित रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र जबर्जस्ती शीलान्यास गरिएको कार्यप्रति स्थानीयले खेद प्रकट गरेका छन् । उनीहरुले आन्दाेलन थप शशक्त बनाउने निर्णय गरेका छन् ।
हिजाे भएको भनिएको सहमति कथित र भ्रमपूर्ण भएको मोतिपुर औद्योगिक क्षेत्र पिडित संघर्ष समितिका अध्यक्ष जंग बहादुर खत्रीले बताए ।
समितिले आज एक बिज्ञप्ती जारी गर्दै भनेको छ-‘विगत २०३७ साल देखि निरन्तर रुपमा भोगचलान गरि आएका वास्तविक पिडित नागरिक तथा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई कुनै जानकारी समेत नगराई बुटवल उपमहानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष सन्त बहादुर रानाको रोहबरमा नमुना टोल संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतका बिचमा मिति २०७७-११-२२ मा भएको कथित सहमति खारेज गर्दछौँ ।’
शिलान्यास कार्यक्रममा जनतामाथि सरकारपक्षबाट भएकोबल प्रयोग तथा जर्बजस्तीका विरुद्धमा समाचार,सामाजिक संजाल तथा अन्य माध्यमबाट पिडित परिवारहरुको पक्षमा आवाज उठाउने पत्रकार बुद्धिजिवी र राजनैतिक दलका जनप्रतिनिधिहरुलाई धन्यवाद समेत दिएका छन् ।
प्रेस विज्ञप्ति :
नेपाल सरकारले स्थापना गर्ने प्रस्ताव गरेको मोतिपुर औद्योगिक क्षेत्र स्थापनाको लागि स्थानीय सरोकारवाला व्यक्तिहरु तथा विगत २०३७ सालदेखि निरन्तर भोगचलान गरी आएका बासिन्दाहरुको उचित व्यवस्थापन नगरी स्थानीय बासिन्दा तथा सरोकारवाला पिडित नागरिकहरुको असहमति र विरोधका बावजुद मिति २०७७ साल फाल्गुन २१ गतेका दिन नेपाल सरकारका अर्थमन्त्री समेतले जोर जबर्जस्ति पुर्वक सो प्रस्तावित औद्योगिक क्षेत्रको जनशक्ति नमुना भीमप्रसाद गोमता आधारभुत विद्यालयको जग्गामा सिलान्यास गरिएको कार्य प्रति घोर भर्सना गर्दछौँ । उल्लेखित शिलान्यास कार्यक्रममा सरकारले बल प्रयोग गरी स्वस्फुर्त रुपमा विरोधमा सरिक नागरिकलाई प्रहरी मार्फत दमन र धरपकड गर्दा घाइते भएका पिडित परिवारहरुको स्वास्थ्य लाभको कामना गर्द शिलान्यास कार्यक्रममा भएको बल प्रयोग तथा जर्बजस्तिका विरुद्धमा सामाजिक संजाल तथा अन्य माध्यम बाट पिडित परिवारहरुको पक्षमा आवाज उठाउने पत्रकार बुद्धिजिवी र राजनैतिक दलका जनप्रतिनिधिहरुलाई धन्यावाद ज्ञापन गर्दछौँ । यसै क्रममा मिति २०७७ साल फाल्गुन २२ गतेका दिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र मोतिपर औद्योगिक कोरीडोर प्रभावित स्थानीय बासिन्दाहरुको बिचमा कथित सहमति भएको भनि केही व्यक्तिहरुले प्रेसित गरेको भ्रम पूर्ण समाचार प्रति हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ । विगत २०३७ साल देखि निरन्तर रुपमा भोगचलान गरि आएका वास्तविक पिडित नागरिक तथा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई कुनै जानकारी समेत नगराई बुटवल उपमहानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष सन्त बहादुर राना को रोहबरमा नमुना टोल संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड का अध्यक्ष नन्द किशोर बस्नेतका बिचमा मिति २०७७-११-२२ मा भएको कथित सहमति हामी खारेज गर्दछौँ । सो कथित सहमति सरकारका केही सिमित व्यक्तिहरुको स्वार्थमा भ्रम पूर्ण समाचार प्रेसित गर्ने उद्देश्यले मात्र गरिएको र हामी वास्तविक पिडित बासिन्दाहरुको संघर्ष निरन्तर रहेको व्यहोरा जानकारी गराउँदै जोर जबर्जस्ती पुर्वक कार्य अघि बढाएमा जस्तो सुकै कडा संघर्षको कार्यक्रम अगाडी बढाउन हामी बाध्य हुने व्यहोरा समेत निवेदन गर्द हामीलाई निरन्तर सहयोग र सद्भावको लागि सबै राजनैतिक दल, बुद्धिजिवी नागरिह आगुवा र पत्रकार ज्यूहरुलाई हार्दिक अपिल गर्दछौँ । धन्यवाद ।
जंग बहादुर खत्री
अध्यक्ष, ९८४७०२५९४५ मोतिपुर औद्योगिक क्षेत्र पिडित संघर्ष समिति
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)