Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोतिपुर औद्याेगिक कोरिडोर विवाद : सहमति बिना शिलान्यास गर्ने खाेजे स्थानियले अवरोध गर्ने ! [भिडियाे सहित]

मोतिपुर औद्याेगिक कोरिडोर विवाद : सहमति बिना शिलान्यास गर्ने खाेजे स्थानियले अवरोध गर्ने ! [भिडियाे सहित]

  • 8.3K
    SHARES

  • मोतिपुर औद्याेगिक कोरिडोर विवाद : सहमति बिना शिलान्यास गर्ने खाेजे स्थानियले अवरोध गर्ने ! [भिडियाे सहित]

    बुटवल,फागुन २०- 

    रुपन्देहीको मोतिपुरका स्थानीयको बैकल्पिक व्यवस्था बिना औद्याेगिक कोरिडोर शिलान्यास हुन नदिने स्थानीयले चेतावनी दिएका छन् ।

    मोतिपुर औधोगिक करिडोर पिडितले बिहिबार पत्रकार सम्मेलन गर्दै विहिबार हुने भनिएको शिलान्यास कार्यक्रमलाई रोक्ने चेतावनी दिएका हुन् ।

    शुद्धाेधन गाउपालिका ३ मा भएको पत्रकार सम्मेलनमा संघर्ष समितिका रामप्रसाद पाण्डेले राज्यबाट गासबास कपासको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन नदिने बताए । २०२२ देखी किसानले जोगभोग गरेको जग्गाको लालपुर्जा सरकारको नाममा गराएर लुट्ने काम भएको आरोप लगाए । motipur karidor.jpg

    दैनिक पिडामा रहेका स्थानियहरु सरकारबाट समस्या सम्बोधन हुने आशामा रहेको बताए ।

    शुद्धाेधन ३ का वडाअध्यक्ष शिव खड्काले कोरिडोर शिलान्यासको विषयमा औपचारिक जानकारी नभएको  भन्दै सहकार्यमा संघ चुकेको बताए । दैनिक पिडामा रहेका स्थानियहरु सरकारबाट समस्या सम्बोधन हुने आशामा रहेको बताए ।

    युवा नेता किरण नेपालले सरकारलाई किसानले तिरिरहेको भएपनि यहाको बस्तुस्थिति नबुझि कदम चालेको बताए। ईआएए समेत नभए जबरजस्ति रुपमा काम अघि बढाएको भन्दै स्थानिय जनताको बसोबासको ग्यारेन्टी गर्नुपर्ने उनले बताए ।

    गत १३ गते अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको भएपनि संसद पुनर्स्थापना भएपछि सृजित परिस्थितीका कारण पौडेलले शिलान्यास गर्ने कार्यक्रम स्थगन गरिएको थियो ।motipur.jpg

    साे  शिलान्यासको कार्यक्रम २० गते शुक्रबार गर्ने सरकारी तयारी छ ।

    ...त्यसपछि आक्राेशित स्थानीयले भत्काइदिए मोतिपुर औद्योगिक करिडोर शिलान्यास कार्यक्रमको मुख्य मन्च !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology