Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्ज्वल कसजु ६६२ मतसहित विजयी

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्ज्वल कसजु ६६२ मतसहित विजयी

  • 6.2K
    SHARES

  • बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्ज्वल कसजु ६६२ मतसहित विजयी

    बुटवल,फागुन १४ ।

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन् । गएराती सम्पन्न मतगणनाकाे नतिजा अनुसार कसजू ६६२ मतसहित निर्वाचित भए  । उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरे ।

    संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको हाे । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भए ।

    त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ ९३२, दिपकप्रसाद चापागाई ९६९, कृष्ण श्रेष्ठ ९५२, मोह्मद जमिल खान ८५७, सुमोदमान सैंजु ९३१, टिकाराम बञ्जाडे ९५०, त्रिबिक्रम श्रेष्ठ ८८६ मतसहित विजय भए भने महिला सदस्य तर्फ जमुना पौडेल ६३४ र मीना प्रधान ६११ विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले नागरिक अनलाइनलाइ जानकारी  दिए ।ujjal kasaju.jpg

    अधिवेशनबाट यसअघि नै वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भैसकेका छन् ।team bucci.jpg

    नवनिर्वाचित अध्यक्ष कसजुले उद्योगी व्यबसायीको समस्या समाधानको लागि आफ्नो तर्फबाट पहल तथा पैरवी गर्ने र सबैको साथमा अंगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।saiju.jpg

    त्यस्तै अध्यक्ष खिमबहादुर हमालले अध्यक्षमा निर्वाचित कसजुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेतृत्व लिएसंगै सबैलाई साथमा लिएर अंगाडी बढ्न आग्रह गरे । संघमा १६१३ जना मतदाता भएपनि १ हजार १ सय मत खसेको थियाे  ।

    यी समाचारहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology