Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एक परदेशिको अपिल : `देशलाई स्थिरता, स्पष्ट नीति र अनुभवसहितको नेतृत्व आवश्यक छ´

एक परदेशिको अपिल : `देशलाई स्थिरता, स्पष्ट नीति र अनुभवसहितको नेतृत्व आवश्यक छ´

  • 1.9K
    SHARES

  • एक परदेशिको अपिल : `देशलाई स्थिरता, स्पष्ट नीति र अनुभवसहितको नेतृत्व आवश्यक छ´

    लोकनाथ अधिकारी । परदेशबाट मेरो अपिल

    आजबाट मौन अवधि सुरु भएको छ। यस घडीमा म कुनै दलको कार्यकर्ता भएर होइन, एक जिम्मेवार नेपाली नागरिक भएर आफ्ना विचार तपाईंहरू सामु राख्दै छु। मेरो घर, मेरो गाउँ–समाज, मेरा आमा–बुबा, दिदी–बहिनी, दाजु–भाइ तथा सम्पूर्ण मतदाता मित्रहरूमा यो मेरो विनम्र अनुरोध हो । 

    पहिलो कुरा—देश अहिले सामान्य अवस्थामा छैन। आर्थिक दबाब, रोजगारीको अभाव, युवाको विदेश पलायन र राजनीतिक अस्थिरताले हामी सबैलाई छोएको छ। यस्तो समयमा आवेग, आरोप–प्रत्यारोप र चर्का नाराले समाधान दिँदैन। देशलाई स्थिरता, स्पष्ट नीति र अनुभवसहितको नेतृत्व आवश्यक छ।

    दोस्रो कुरा—मैले विभिन्न राजनीतिक धार र दलका घोषणा–पत्र अध्ययन गरें। धेरै ठाउँमा वितरणका प्रतिबद्धता देखिए, तर उत्पादन, उद्योग, रोजगारी र अर्थतन्त्र सुदृढ गर्ने स्पष्ट मार्गचित्र सीमित देखियो। वर्तमान परिस्थितिमा “पहिले कमाउने, त्यसपछि न्यायपूर्ण वितरण गर्ने” सोच बढी व्यवहारिक लाग्यो।

    तेस्रो कुरा—यही आधारमा अहिलेको अवस्थामा नेपाली कांग्रेस को दृष्टिकोण सन्तुलित र यथार्थपरक देखिएको छ। विगतका कमजोरी स्वीकार गर्दै सुधारको प्रतिबद्धता, उत्पादनमुखी अर्थतन्त्र, शिक्षा–स्वास्थ्यमा संरचनात्मक सुधार, तथा सन्तुलित परराष्ट्र नीतिको अनुभव—यी पक्षहरू अहिलेको आवश्यकता जस्ता लाग्छन्।

    चौथो कुरा—नेतृत्वको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। देशलाई अब जोशसँगै होस, ऊर्जा सँगै परिपक्वता चाहिन्छ। त्यस सन्दर्भमा गगन कुमार थापा जस्तो युवा र स्पष्ट सोच भएको नेतृत्वलाई कम्तीमा एक स्थिर अवसर दिनुपर्छ भन्ने मेरो विश्वास हो। पाँच वर्ष अवरोधबिना काम गर्ने अवसर पाएपछि मात्र निष्पक्ष मूल्यांकन सम्भव हुन्छ।

    अन्त्यमा—निर्णय तपाईंहरूको हातमा छ।  भावनाले होइन, विवेकले निर्णय गरौं। नारा होइन, नीति हेरौं। क्षणिक आकर्षणभन्दा दीर्घकालीन स्थिरता रोजौं। यो पटक स्थिर बहुमतसहित काम गर्ने मौका दिऔं। यदि अपेक्षा पूरा भएन भने विकल्प सधैं खुला नै हुन्छ। तर अहिले—एक मौका, एक भरोसा, एक स्थिर भविष्यका लागि मतदान गरौं।
    यी सबैका लागि गगन थापा नै उपयुक्त र योग्य उम्मेदबार हुन् ।  मुलुकलाई प्रयोगशाला  नबनाऔ , जिम्मेबार नागरिक बनौ ।

    हाल : अमेरिका ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, फाल्गुण १८ २०८२१०:४४:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology