Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भाद्र शूक्ल पञ्चमी एवं ऋषि पञ्चमीको महत्व र पूजाविधि

भाद्र शूक्ल पञ्चमी एवं ऋषि पञ्चमीको महत्व र पूजाविधि

  • 3.2K
    SHARES

  • भाद्र शूक्ल पञ्चमी एवं ऋषि पञ्चमीको महत्व र पूजाविधि

    -नारायण भट्टराई 

    भाद्र शुक्ल पञ्चमीलाई ऋषि पञ्चमी भनेर मनाइन्छ । यस दिनको महत्व, कथा, र पूजा–विधि यसप्रकार छन् :
    तिज को समयमा महिला हरु बर्तबस्ने पनि मानिन्छ ।पुरुष हरुले मनाउने ऋषि तर्पणी तथा रक्षा बन्धन पनि एउटै पूजा गर्ने गरिन्छ ।यस दिन बिहानै खोला, पदेरा,नदि जहाँ शुद्ध जलछ त्याहा गइ स्नान गरिन्छ ।

    स्नान गर्दा अपमार्ग का फूल पात एउटा टोकरी तथा दोकोमा राखी ३६५ पटक जलमा चोबि आफ्नो शिर बाट पानीको धारा लगाउने गरिन्छ।तिनसय पैसट्ठी दतिवन चपाउने गरिन्छ ।माटो ,ढुङ्गा ,उखुको पात अर्थात कुसको जनै ,लगाएर एकहजार आफुले पाएको मन्त्रको जप गर्ने गरिन्छ ।

    त्यस दिन असुद्दी बाट शुद्दीकरण भएर होया केहो ?पुरुष हरुलाइ खाना पकाएर खान दिने चलन पाइदैन ।पूजा गरि आएपछी हलो नलागेको खेतको धानको चाँमल अर्थात घरको ढिकढाक भएका मकै हरु पोलि खाने प्रचलन पनि छ ।  तीनि हरु नभए को खण्डमा गाइलाइ चामल,आटो चटाइ पकाएर खाने गरिन्छ ।पूजा अर्चना गरे पछि ब्राह्मण,कन्या ,भान्ज भान्जिलाइ  टीका लगाइ दक्षिणा गर्ने प्रचलन छ । 
    पूजाआजा,आराधना मेटिए पछि घरमा भएका सबै भन्दा राम्रा र आफुलाइ मन परेका गहना हरु र कपडाहरु लगाएर माथी डाँडाँ तिर लागिन्छ ।

    त्याहा को  को छन ?कस कसले कस्ता गहना ,कपडा लगाएका छन भन्ने भित्र सन्चो चियो चर्चो गरिन्छ ।डाँडोमा एक पटक आफू सुहाउदो तिजगितमा घुमिन्छ ।सम्भब भए सम्म बाबियो ,बङकसी बट बनाइएको पिङमा खुट्टो राखी दुइहातले चपक्क समाइ हु  इ   य स र र र गरेर पन बाट बाहिर आइन्छ ।यसो गर्नाले आयु आरोग्य ,सौभाग्य बड्ने स्वर्गको राह खुल्ने बिस्वास राखिने गरिन्छ ।

     महत्व

    ऋषि पञ्चमी खासगरी महिलाहरूले ऋषिहरू प्रती कृतज्ञता व्यक्त गर्ने र शुद्धि प्राप्त गर्ने व्रतको रूपमा मनाउने गरिन्छ ।

    स्त्रीहरूले महिनावारी को समयमा अनजानेमा भएका “अशुद्ध” कामहरूको क्षमा माग्ने र ऋषिहरूको कृपा प्राप्त गर्ने विश्वास छ ।

    सात ऋषिहरू (सप्तऋषि) को पूजा–आराधना गरिन्छ ।

     पौराणिक कथा:- प्राचीन कालमा सितास्च नाम गरेका एक राजा थिए। उनले एक पटक भगवान ब्रह्मालाई सोधे कि हजुरबुबा! कृपया मलाई कुन व्रत सबै व्रतहरूमध्ये सबैभन्दा राम्रो हो र तुरुन्तै फल दिन्छ भनेर बताइदिनुहोस्।

    ब्रह्माजीले भन्नुभयो- हे राजा! ऋषि पंचमी व्रत सबै व्रतहरूमा सर्वोत्तम हो र सबै पापहरूलाई नाश गर्दछ। विदर्भमा उत्तंक नामक एक सदाचारी ब्राह्मणका दुई सन्तान थिए - एक छोरा र एक छोरी। जब उनी छोरि विवाहयोग्य उमेरकी भइन्, उनले छोरीको विवाह त्यही परिवारको एक सदाचारी वरसँग गरिदिए। तर केही दिनपछि, ती केटी विधवा भइन्।

    उनको शोकले गर्दा धेरै दुःखी भएर, ब्राह्मण दम्पती आफ्नी छोरीसँग गंगाजीको किनारमा बनेको झुपडीमा बस्न थाले।एक दिन, सुतिरहेकी केटीको शरीरमा अचानक किरा देखा पर्यो। उनको अवस्था देखेर, केटीले आफ्नी आमालाई आफ्नो दुःखको बारेमा बताइन्। आमा सुशीला गएर आफ्नो पतिलाई सबै कुरा बताइन् र सोधिन्, "हे भगवान! मेरी साध्वी कन्यालाई यस्तो हुनुको कारण के हो?"

    उत्कले ध्यान गरे र यो घटनाको कारणको बारेमा सोच्दै आफ्नी श्रीमतीलाई भने कि यो केटी आफ्नो अघिल्लो जन्ममा ब्राह्मण थिइन्। उनले महिनावारी हुँदाहुँदै पनि घरका भाँडाकुँडा छोइन् र यस जन्ममा पनि, अरू मानिसहरूले ऋषिपञ्चमी व्रत बसेको देखेर पनि उनले आफैंले त्यसो गरिनन्। यही कारणले गर्दा उनको शरीरमा किराहरू देखा पर्न थालेका छन्।

    धार्मिक ग्रन्थहरूमा लेखिएको छ कि महिनावारी भएकी महिला पहिलो दिन चण्डालिनी जस्तै, दोस्रो दिन मा गृहघातिनि जस्तै र तेस्रो दिन धोबी जस्तै अशुद्ध रहन्छिन्। त्यसपछि चौथो दिन स्नान गरेपछि उनी पवित्र हुन्छिन्। यदि उनले अहिले पनि शुद्ध हृदयले ऋषिपञ्चमी व्रत बसिन् भने, उनको दुःख हट्नेछ र अर्को जन्ममा उनी अटल सौभाग्य प्राप्त गर्न सक्षम हुनेछिन्।

    बुबाको आज्ञा अनुसार, कन्याले नियमानुसार ऋषिपञ्चमीको व्रत लिइन् र व्रतको प्रभावले उनी सबै दुःखबाट मुक्त भइन्। अर्को जन्ममा उनले अक्षय सौभाग्य, धन र पुत्र प्राप्त गरेर अनन्त सुखको आनन्द लिइन्।
    अर्को प्रसङ्ग :-
    एकजना ब्राह्मणसँग पुत्री र बुहारी थिए ।
    ती दुवैजना स्त्रीहरू महिनावारी समयमा व्रत–नियम नमानि अशुद्ध अवस्थामा खाना पकाई खाने आदि काम गर्थे । मृत्यु पछि उनीहरूलाई नरक भोग्नु पर्यो । पछि भगवान् शिवले ब्राह्मणलाई भन्नुभयो—
    “तिम्रा छोरी–बुहारीले जीवनकालमा ऋषि पञ्चमीको व्रत गरेका भए पाप को क्षय हुने थियो उनिहरुले व्रत गरेनन र बसेनन पनि।”त्यसकारणले उनिहरुमापाप बड्दै जादा धेरैदुखको सामना गर्न परेको हो ।
    त्यसपछि परम्परागत रूपमा यो व्रत सुरु भएको मानिन्छ ।
     पूजाविधि:-

    १.  बिहान स्नान गरेर नदी, तलाउ वा घरमै शुद्ध पानीमा नुहाउने ।


    २. भूमिमा गाईको गोबरले लीपेर पवित्र मण्डप बनाउने ।


    ३. मण्डपमा अर्घ्य जल राखेर सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, जमदग्नि, वशिष्ठ, गौतम) र अरु देवी–देवताको आवाहन गर्ने ।


    ४. दुबो, अक्षता, फूल, धूप–दीप, फलफूल, पान, सुपारी, तुलसीपात, आदि चढाउने ।


    ५. ब्राह्मणलाई भोजन, दक्षिणा, र वस्त्र दिने ।


    ६. उपवास (व्रत) बस्ने वा शुद्ध सात्विक भोजन मात्र गर्ने चलन छ ।
     विशेष कुरा
    =======
          यो दिन महिलाले गाई को पूजा पनि गर्ने चलन छ, किनभने गाईलाई ‘पवित्रताको प्रतीक’ मानिन्छ ।

    नेपालमा ऋषि पञ्चमी तीज पर्व (हरितालिका तीज, गणेश चतुर्थी, ऋषि पञ्चमी) सँग जोडिएको हुन्छ ।

    ऋषि पञ्चमीलाई "शुद्धि दिने व्रत" भन्ने गरिन्छ ।
     संक्षेपमा, ऋषि पञ्चमी भनेको सप्तऋषि प्रती श्रद्धा, स्त्री–शुद्धि, र पाप–मोचनको पर्व हो, जुन भाद्र शुक्ल पञ्चमीका दिन उपवास र पूजा गरेर मनाइनछ ।
                 अस्तु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology