Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राधाकृष्णमा राधाको नाम पहिले र कृष्णको पछाडी किन ?

राधाकृष्णमा राधाको नाम पहिले र कृष्णको पछाडी किन ?

  • 1.8K
    SHARES

  • राधाकृष्णमा राधाको नाम पहिले र कृष्णको पछाडी किन ?

    -नारायण भट्टराइ
     कृष्ण ले राधा संग र राधाले श्री कृष्ण सङ्ग निस्वार्थ एवं आत्मिक प्रेम गरेका थिए । यसै किसिमका प्रेमका कारण आज श्रीकृष्ण को नामका अगाडी राधा लाग्ने गर्दछ।

    जस्तै राधाकृष्ण को  अलाभा रुक्मीणी कृष्ण किन भन्दैनन् रुक्मीणि ले पनि राधाका तरह श्रीकृष्णलाई प्रेम गर्ने गर्दथिन ।सुनौ आज हामी आज सम्म श्रीकृष्ण र राधा को बारेमा केहि नसुनेका कुराहरु।IMG_20250815_231220.jpg

    १ पौराणिक कथाका अनुसार राधा श्री कृष्ण भन्दा पाच,छ बर्षले जेठी थिइन । राधाले पहिलो पटक श्री कृष्णलाई देखेकि मात्र थिइन । त्यति बेला नै  प्रेम सम्बन्ध गासिएको रहेछ ।

    श्री कृष्ण लाईयसोधा ले मुसल मा वाधेकी थिइन। त्यो अवस्था देखेर राधा दुःखित एवं आश्चर्य चकित भएकी थिइन। उनलाईलागेको थियो कि, यो किसिमको प्रेम पूर्व जन्मको नाता हुनसक्दछ ।कोहि कसैको भनाई छकि पहिलो पटक गोकुलमा उन्का पिताजी  बृषभानु सगआउदा श्री कृष्ण लाई पहिलोपटक देखेकि थिईन । कुनै विद्वानको  कथन पनिछकि कुनै तिर्थस्थलमा उनिहरुको भेट भएको थियो ।
    कोहि ठाउमा कृस्न लाई यसोदाले कुनै कामगर्न लाग्दा राधाको काखमा राखी दिएकी . थिइन ।  कृष्ण  र राधा का  आँखा जुधेका थिए । जे जसो भएपनि जव राधाले श्रीकृणलाई देखिन अनि प्रेममा पागल भइन कृस्ण पनि राधालाई देखेर मोहित भएका थिए । दुवैमा प्रेम  गाढा भै सकेको थियो।
    ब्रर्मवैवर्त पुराण प्रकृतिखण्ड अद्याय  ४८का अनुसार अर्थात यदुवंस  का कुलगुरु गर्गऋषि द्वारा लेखिएको गर्ग सम्हिता अनुसार एकपटक नन्दबाबा श्रीकृस्ण लाई घुमाउन निश्किएका थिए। उसै समयमा राधा र कृष्ण को पहिले पटक भेट भएको थियो। उस समयमा उनिहरुको उमेर धेरै सानो थियो। उसै स्थान लाइ सांकेतिक तिर्थ भनिन्छ। साङ्केतिक तिर्थ को अर्थ हो पूर्व निदृस्ठ ठाउमा  मिलन हुनु । भनिन्छ कि अघिल्लो जन्ममा दुवैले यो तय  गरेका थिए कि हामी हरुको मिलन यस ठाउमाहुनेछ । यसैअनुसार गर्गसंहिता भन्दछ एउटा जङ्गल मा स्वयम् ब्रह्माले राधा र कृश्न को गान्धर्ब बिबाहा गरि दिनु भएको थियो । याहा हरेक बर्ष राधाको जन्म दिन या राधा अस्टमि वाट अनन्त चतुर्दशीका दिनसम्म मेला लाग्ने गर्दछ।
    ब्रह्मवैवर्त पुराणाको एक पौराणिक कथा अनुसार कृश्नसंग राधा गोलोकमा संगै बसेकि थिइन। एक पटक उनको अनुपस्थिती   मा श्री कृष्णले  अर्कि आफ्नी  नारी बिरखा संग घुम्न हिडनु भएको थियो । राधा त्यसै समयमा आईन र सौताभनेको मुटुको किलो हो भन्दै उहा बाट रिसाएर हिडेकी थीइन। कृष्णका सेवक अथवा मित्र श्रीदामा (सुधामा) राधाको व्यावहार निको नलागेर केहि कुरा भन्न लागेका  के थिए ?राधाले क्रोधित भएर सुधामालाई अर्को जन्ममा तिमी सङ्खचुड नाम भएको राक्षस भए भनि स्रापेकि थिइन । त्यसपछी  सुधामाले  हजुर पनि पृथ्बिमा मनुस्य भएर  जन्मलिने र १००वर्ष सम्म श्री कृष्ण संग विछोड हुनुपरोस भनि स्राप दिए। राधाको जब स्राप मिल्यो श्री कृष्णले उनी संग भनेका थिएकी तिम्रो जन्म मनुष्य रूपमा जन्म भए पनि तिमी सधै म संगै रहने छौ। यहि कारण थियोकि राधार कृष्ण को सानै उमेरमा विछोड परेको थियो।  यो कुरा निस्चित गरि दिनु भएको थियो । 

    ब्रमवैवर्त पुराणाका एक पौराणिक कथा अनुसार कुनै कालखण्डमा राधा गोलोकमा बसेकि थिइन।       राधाले कृश्न को मुरली को स्वर सुनेर मन्त्रमुग्ध भई भेट गर्न बाहिर आउने गर्दथिन।राधाको प्रेमको चर्चा उन्का साथी हरुले चाल पाएर आमा सङ्ग कुरागरी घरबाट बाहिर आउन नदिन घरैमा थुनेर राख्न थाले । फेरि एकदिन श्री कृष्णले राधा सङ्ग बिबाहा गर्छु भनी यसोदा सङ्ग कुरा राखेका थिए । यो कुरा सुनेपछि  यशोदाले भनिनकि यिनी तिमि भन्दा ५ वर्ष ले जेठी छन ।यिनको बिबाहा  हुने भई सकेको छ रायण संग उनि कङ्सका सेनामा छन अहिले युद्ध गर्न गएका छन । जव आउछन तब उनै संग उन्को बिबाहा हुनेछ । तिम्रो विवाहा राधासँग हुन  सक्दैन कृष्णले जिद्विगर्नलागे । तव यसोदा ने नन्द सङ्ग भनिन । कृष्ण ले नन्द‌को कुरालाई पनि टेरेनन । यस पछि गर्ग ऋषीले श्री कृष्ण लाई सम्झाउदै भने तिम्रो ज न्म कुनै खास लक्ष पूरा गर्नका लागी भएको हो। अन्तिम्मा गर्ग मुनिले एकान्तमा लागि तिमित नन्दर यसोदाका पुत्र होइनौ तिमित देबकी र बासुदेबका छोरा हौ ।तिम्रा बाबू आमा लाई कङ्सले कारागारमा थुनेर राखेको छ । यो कुरा सुनेर श्रीकृश्ण को मनमा एउटा तरङ्ग पैदा गर्यो ।
     उता राधाको परिवारले जब श्री कृष्ण को मुरली को स्वर सुनेपछि राधा घर बाहिर निश्किएर श्री कृश्न संग भेटन जानेछन भनि घरमा थुनेर राखेको थिए  ।एक दिन श्री कृष्ण र उनका शाथिहरु मिलि घरबाट निस्कि उद्धव र बलराम सहित अन्य   शाथी हरुका साथ नाचगान गरेका थिए। यो रात पूर्णिमाको रात थियो त्यसैले यो रातमा महारास भएको  थियो।राधा लाई पनि घरबाट निकाली  उनी हरुले सङ्गै ल्याएका थिए । उता राधाको आमा  ले राधासूतेको ठाउमा हेर्नजादा राधा उनी सुत्ने खटिया मानै सुति रहेकी देखिन्थिन ।

    भनिन्छ उससमयमा श्री कृस्ण लाई दुइबटा चिन्ता थिए। जस्तै १-वासुरी २- राधा कृश्नको वासुरीको धुन सुन्न साथ राधा लाई कुनै जन्मको याद आउने गर्दथ्यो । राधा श्रीकृश्न तिर नै खिचिइ रहन्थिन। भगवान श्री कृष्ण संग एउटा मुरलि थियो ।जुन मुरली मथुरा जानु भन्दा  पहिले राधाले दिनु भएको थियो ।राधा ले त्यो मुरली लाइधेरै स्याहार गरेर राखेकी थिइन जब श्रीकृश्ण को याद आउथ्यो तब मुरली बजाउथिन मुरलिको स्वर सुनेपछी श्रीकृस्ण राधा भएको ठाउमा आउनु हुन्थ्यो । श्रीकृस्णले  मयुरको प्वाख लगाउनु हुन्थ्यो र राधाजिले बैजयन्ती माला पैरिनु हुन्थ्यो । श्रीकृश्न लाई मयुरको प्वाख तब मिलेको थियो जब राधाको उपबनमा राधासङ्ग नाच्दा मयुरको प्वाख तल खसेको थियो ।उसै समयमा श्रीकृस्णजी ले उठाइ आफ्नो शिरमा लगाउनु भएको थियो । राधाले नाच्नु भन्दा पहिले बैजयन्ती माला लगाइदिएकी थिइन ।

     

     

     

     जव श्री कृष्ण वृन्दावन छोडेर  मथुरा जानू भयो तब राधालाइ श्रीकृश्ण लाई देख्न र भेट्न गाह्रो भयो । भनिन्छ राधा र कृष्णको पुनर्मिलन कुरुक्षेत्रमा भएको थियो जहां सूर्य ग्रहण लागेको समयमा द्वारिका  जव श्री कृष्ण वृन्दावन छोडेर  मथुरा जानू भयो तब राधालाइ श्रीकृश्ण लाई देख्न र भेट्न गाह्रो भयो । भनिन्छ राधा र कृष्णको पुनर्मिलन कुरुक्षेत्रमा भएको थियो जहां सूर्य ग्रहण लागेको समयमा द्वारिका बाट कृष्ण र बृन्द्राबन बाट नन्दका साथ राधा आएकी थिइन ।यस कथन को पुष्टि पुराण हरुमा मिल्दछ ।राधा केवल श्री कृस्ण संग भेटगर्नका लागि गएकि थिइन्।  यस पछि राधा र श्री कृष्ण का कुराकानी द्वारिका मा भएको थियो । सबै कर्तव्य वाट पुरा भए‌पछि अन्तिम पटक राधा श्री कृष्ण संग भेट गर्न गएको बताइन्छ । जव उनि द्वारका मा आइन तब श्रीकृष्ण का ८ पत्नी हरु लाई देखिन । तव कृष्ण ले राधा भाई देख्नु भयो तब सार्है खुसी हुनुभयो।तब राधाको आग्रह अनुसार दरबारमा एउटा देबको पदमा नियुक्त गरिदिनु भयो ।

    भनिन्छ उहिवाट राधाले सबै काम हेर्ने गर्दथिन । श्रीकृश्न को सम्झना आए भेट्न आउने गर्थिन ।
    एकदिन राधा उदास भएर घरवाट टाढा जाने निश्चय गरिन। राधा एउटा जंगलको गाउमा रहन लागिन समय विल्दैजादा राधा एक्लै भइन र दुब्लाउदै गइन् । उस समयमा श्री कृष्ण को यादले सताउन लाग्यो। आखिर समयमा श्री कृष्ण उन्को सामन्नेमा आउनुभयो र भन्नु भयो राधा तिमिले केहि चिज माग म दिन्छु भनी श्रीकृस्णले भन्दा अस्विकार गरिन । श्रीकृस्णले दाेस्रोपटक अनुरोध गर्दा  राधाले अन्तिम पटक श्रीकृष्ण ले बासुरी बजाएको हेर्न र सुन्न चाहान्छु भनिन । श्रीकृस्णले बासुरी लिनुभयो र सुरिलो अनि मनमोहक धुनमा बासुरि मा मग्न  हुनु भयो । श्रीकृस्णले लगातार दिनरात बासुरी बजाउनु भयो राधाले सुनिरहिन बासुरिको स्वर सुन्दा सुन्दै एकदिन राधाले आफ्नो प्राणनै त्यागी दिइन ।

    सुन्नमा आउने कुरा राधाकृश्ण दुबै एउटै हुन  कृष्ण र राधा मायार आत्मा ,बस्तु र छाया कृस्ण ले आफ्नो रुपदेख्न राधाको रुपलिएको आदि आदि सुन्नमा आउने गर्दछन ।
    यो प्रश्न निकै रोचक छ! वास्तवमा, "राधा-कृष्ण" जोडीको नाम लिने क्रममा प्रायः "राधा" को नाम पहिले आउँछ, जबकि कृष्णका अन्य रानीहरू जस्तै रुक्मिणी, सत्यभामा, जाम्बवती, सत्या, भद्रा आदि को नाम भने "कृष्ण" पछि आउँछ (जस्तै, "कृष्ण-रुक्मिणी", "कृष्ण-सत्यभामा")।

    किन "राधा" पहिले आउँछ?

    अनन्त प्रेम र भक्ति – राधा केवल श्रीकृष्णकी प्रेयसी मात्र होइन, उनी प्रेम र भक्ति को प्रतीक पनि हुन्। वैष्णव भक्तिमार्गमा राधालाई "भक्ति" र कृष्णलाई "परमात्मा" मानिन्छ। प्रेम बिना भगवान अपूर्ण हुन्छन् भन्ने दर्शन अनुसार "राधा-कृष्ण" भनेर उच्चारण गरिन्छ।

    नामको लय र उच्चारण – "राधा-कृष्ण" शब्द उच्चारण गर्दा लयबद्ध लाग्छ, जुन संस्कृत र ब्रजभाषामा राम्रो सुनिन्छ।

    वैष्णव परम्परा – गौडीय वैष्णव सम्प्रदायमा विशेष गरी राधालाई "स्वरूप-शक्ति" (कृष्णको अन्तरंग शक्ति) मानिन्छ, जसकारण उनको नाम पहिले आउँछ।

    सांस्कृतिक प्रभाव – पुराण, भजन, र लोककथाहरूमा "राधा-कृष्ण" नाम प्रचलित छ, जसले यो क्रमलाई अझ प्रबल बनाएको छ।

    तर कृष्णका अन्य रानीहरू (जस्तै रुक्मिणी) सँग उनको विवाह राजकीय रूपमा भएको थियो, जसले प्रेमभावना भन्दा धर्म, दायित्व र नीति जोड्छ। त्यसैले ती सम्बन्धलाई "कृष्ण-रुक्मिणी" भनेर उल्लेख गरिन्छ।

    निष्कर्ष

    "राधा-कृष्ण" भक्ति र प्रेमको उच्चतम रूपको प्रतीक भएकाले राधाको नाम पहिले आउँछ, जबकि अन्य रानीहरू राजकीय विवाहको रूप भएकाले कृष्णको नाम अगाडि राखिन्छ।

     श्री कृष्ण कोजन्म हुनाको कारण अत्याचारी कङ्स लाई ब्याबस्थापन गर्न हो ।आज उपबास बसिन्छ ।रोपाइ जात्रा गरिन्छ ।कृश्नजन्मास्टमि का दिन काम गर्दागर्दै  थकित भै खाना नखाएको हुनाले अहिले पनि नारी हरु उपबास गर्ने गर्दछन ।
                       अस्तु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण ३१ २०८२०८:१५:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology