Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी,पूजा बिधि के हो?

श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी,पूजा बिधि के हो?

  • 4.1K
    SHARES

  • श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी,पूजा बिधि के हो?

    -नारायण भट्टराई 

    यस दिनमा नागको पूजा हुन्छ । अघिल्लो दिन चौथीको दिन एकछाक भोजन गर्ने नुहाई धुवाई गर्ने र वस्ने घर पनि लिप पोत गर्ने चलन छ। कहि कतै चौथी को रातमा घरमै बस्ने शुद्ध कपडा हरू ओछ्याउने र ओडने अनि खाटमा नसुत्ने पनि भनिन्छ। पञ्चमीको दिन दिनभर पूजा आजा गर्ने हुनाले उपवास बसिन्छ र रातको समयमा भोजन गरिन्छ । कथन अनुसार सून, चादी, काठ अथबा माटोको कलम वनाई वेसार अर्थात श्री खण्ड चन्दनको मसी बनाई पाचवटा टाउका भएका पाच नाग तैयार पारिन्छ। पञ्चमीका दिन पञ्चामृत, खीर, कमल, धुप नैवेध्य फूल ,अक्षताआदि लिएर नागको विधीवत पूजा गरीन्छ ।IMG_2920.jpeg

    पूजा गरी सके पछि पण्डित जी लाई राम्रा राम्रा भोजन हरु खान दिई तृप्त पारिन्छ। पंचमी का दिन जस्ले नागको पूजा गर्दछ उस्ले त्यस दिन पृथ्वीमा खन्ने, जोत्ने, भत्काउने काम लाई वर्जित गरिएको छ। प्राचिन कालमा घरमा गाईको गोवरमा रातो माटो मिसाएर घर भित्र बाहिर लिप पोत गरि नाग देवता को पूजा विधि विधान बाट गरिन्थ्यो ।ठाउ अनुसार एउटा लामो रस्सी ल्याइ त्यसमा सात बटा गाठापारी रस्सीको सर्पबनाई उसलाई एउटा फलेकमाथि सुताईन्थ्यो। बेसार, चन्दन, श्रीखण्ड, चामल, फूल अक्षताआदि चढाएर नाग देवताको पूजा गरि सके पछाडी, काचो दुध, घिउ चिनि मिलाएर त्यहि काठमा (फलेकमा) सुताईएको नागमा - चढाउने गरिन्छ । यस समयमा यस मन्त्र वाट नाग देवताको स्तुती गरिन्छ। अनन्तम् ,वासुकि, शेषम, पद्मनाभमच ,कम्बलम् कर्कोटकम् तक्षकम् । भनि पुजन गरि सके पछि नाग देवताको समिपमा आरती उतारने काम गरिन्छ। यस पछि काचो दुधमा मह, चीनी अर्थात गुड घोलोर जहा सर्पको व्वाल देखिन्छ त्याहा लगेर खन्याई दिने र  त्याहाको माटो निकाली  चुला चौका घर आदि कुनामा ल्याई गिलो माटोको नाग बनाई राख्ने । चामल को पिठो बाट पनि यस्तो आकृती बनाउन सकिन्छ। यस पछि घिउ, गुड आदि दिएर पूजा गर्ने दक्षिणा  फूल राख्ने ।

    घिउमा मुछिएका वत्तिको आरती वनाई जलाई दिने। 

    कुनै ठाउमा कागजमा नाग  बनाइ माथिपट्टी चन्द्र, सूर्य, र छेउ पट्टि नागकन्या, भ्यागुता, खजुरी ,गोहोटेविच्छी , गगटोआदिका आकृती वनाइन्छ । नाग भने  विभिन्न थरिका वनाईन्छ । नाग पन्चमीको  दिन जौ, तिल, कूस, जल, अक्षता पञ्चामृत, बत्ती, सुपारी, पैसा, फूल रातो, पहेलो केसरि आदि जम्मा गरि नागदेबता को पूजा गरिन्छ र घरको मूलढोकाको छेउमा गाईको गोवर, दुबो, घजा, पैसा, टिको गराई टास्ने गरिन्छ । पूजन गर्दा निम्न मन्त्र उच्चाहरण गरिन्छ ।

    अगस्तेश्य, पुलेतेस्य, वैशंपाय नमेवच । सुमन्तुर्जै मुने चैव पञ्चेत बज्र पारका ,अनन्तो वाशुको पद्म महापद्म ,ततक्षक ,कुलिर ,कर्कट संख अस्टनाग, पद्म नाग, कालिनाग, प्रकृतिता । यसरी पूजन गरिएको नागको तस्वीर घरमा राखनाले सर्पको भय हुदैन । नाग देबताको पूजन गरि ढोकामा टासिदिने पण्डितजी लाई सिधा दक्षिणा भोजन गराइ तृप्तपारिन्छ । तान्त्रिक  विधि बाट पनि  नाग देबताको पूजा गरेको  पाइन्छ। खेत, वारी, पदेराको एकान्त र सफा ठाउमा  दुध आउने वृक्षको तल दुईवटा ढुङ्गा का घर बनाइन्छ । लिपपोत गरिन्छन दुई देवताको रुप दुई वटा दशुन ढुङ्गा घर भित्र पट्टी राखिने गरिन्छ । तीन बटा गोवर का नाग देबताका आकृती बनाइन्छ । नागदेबताको कूशको जिब्रो , मासका आँखा , तिलको शरीर , रातो टिका ,पहेलो केसरि लगाई राखिन्छ । माथो पट्टि बनाइ राखिएका गाइका गोबरका कुन्डमा बायाँ तिरबाट लाबा ,दूध,र अर्कोमा पनि लाबा र रातोटिकोको लेधो बनाइ राखिन्छ । कुनै कुनै ठाउमा पछिल्लो कुन्डमा दहि र घिउ मिसिएको घोल राखोन्छ ।   घरको माथी  पट्टि पातीको लिङो, र त्यसमा एउटा धजो बाध्ने गरिन्छ। पाचवटा कलस, पाचवटा दिया बनाइ बत्ती जलाइन्छ । दिप, कलस, गणेश को पूजा गरिए पछि नागको पनि पूजा गरिन्छ । चन्दन ,अक्षता फल फूल  पैसा  रोटि, गाईको दूध नैवेध्य चढाइ पूजा गरिन्छ ।  अन्तीम मा घिउमा मुछिएका ज्योती को आरती जलाउने चलन छ ।यसरी आरती जलाउदा पूजागर्ने क्रममा कहि छुट भएको रहेछ भने यस आरती बाट पूरा हुने मान्यता राखिन्छ ।
    नाग पञ्चमी सम्बन्धी एउटा पौराणिक कथा  :-

    भारतको मनिपुर सहरको छेउमा एउटा किसान आफ्नो परिवार संग रहन्थे। उन्ले दिनभर खेत बारीको काम गर्ने अनि बेलुका घर आई जाहान परिवारका साथ रहने गर्दथे। उनिहरुमा श्रीमान श्रीमती छोरा र एक छोरी थिए । एकदिन खेतमा काम गर्ने क्रममा किसान को हलोले च्यापेर सर्पको बच्चा र सर्प मरिगए छन ।नागिन साहै चिन्ता गर्न लागिन । अन्तिम मा उन्ले यसरी विलाप गर्नु भन्दा मैले मेरो श्रीमान र बच्चा मार्नेलाई बदला लिन्छु भन्ने अठोट गरिन । रातको समयमा किशानको घरमा गई किसान कि श्रीमती र दुई छोरा लाई टोकि दिइन । अर्कोदिन नागनी किसान कि छोरी लाई टोकन लाई किसान को घर तिर गईन । त्यतिवेला किसान कि कन्या डराएर एउटा कटौरामा दुध लिएर नागिन को अगाडी राखी दिइन र हात जोडेर मैले गल्ती गरे माफ
    गर्नुहोस भनि अनुनय विनय गरिन त्यस दिन नाग फचमी परेको रहेछ । नागिन प्रसन्न भईन अनि वर माग म तिमी बाट धेरै प्रसन्न भए ।  तव कन्याले वर मागिन मेरा माता पिता भाई  हरु जीवित होउन । तथास्तु   भनेपछि उनिहरू -जीवित भए भनिन्छ । आजका दिन  नाग पन्चमी को दिन जस्ले नागको पूजा गर्दछ उसलाइ कहिले   नागले टोक्ने डर्‌ नहोस ।नागिन ले कन्या लाई वर दिएर त्याहा बाट अन्तरध्यान हिडिन । विदा भइन ।

    अस्तु।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, श्रावण १२ २०८२०९:४९:३०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology