Logo मंगलवार, श्रावण १२ गते २०८३
images

केपि ओलीको सफल नेतृत्व :`निर्बिकल्प होइन अहिलेको आवश्यकता´

केपि ओलीको सफल नेतृत्व :`निर्बिकल्प होइन अहिलेको आवश्यकता´

  • 2.6K
    SHARES

  • केपि ओलीको सफल नेतृत्व :`निर्बिकल्प होइन अहिलेको आवश्यकता´

    -किसन ज्ञवाली

    नेकपा एमालेभित्र पुनः चलखेलको आँधी  लगाउन सकिन्छ कि भन्ने हरुको कमि छैन । सम्मान र सन्देहबीच बिद्या भण्डारी फेरि प्रयोग हुने खतरा! त देख्दिन म ,त्यही पनि बिद्या भण्डारी मार्फत सुढ घुसार्ने कुचेस्टा! भने भै नै रहेको छ ।
           नेपालको लोकतान्त्रिक आन्दोलनको  च्याम्पियन इन्जिनियर  जन्ताको ढुकढुकी–नेकपा एमालेले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अफुलाइ जनताको बिचमा स्थापित गर्दै आएको छ । सुदृढ सांगठनिक संरचना,जुझारु  शक्तिशाली कार्यकर्ता  र जनस्तरको लामो संघर्षको जगमा उभिएको सामुहिक नेतृत्व प्रणालीमा आधारित यो पार्टी बलियो राष्ट्रिय शक्ति ,सिस्टमेटिक पार्टी संरचना, मुलुक लाई सहि दिशानिर्देश गर्ने ज. ब. ज. मार्गदर्शक सिद्धान्त र जनता को सम्बन्धमा आधारित भएको पार्टी हो यो जनताको आशाको दियो र राष्ट्रियताको धरोहर हो  ।

     पार्टीले यो बिचमा बिभिध खाले आरोह अवरोह हरु पारगर्ने क्रममा समय-समयमा संघर्ष र नेतृत्वको उदाहरण पेश गर्दै आएको छ। र, यस सिंगो यात्रामा एक व्यक्तित्व निरन्तर अग्रपंक्तिमा रहिरहनु भयो— त्यो विलक्षण क्षमता भएको नेता हो केपी शर्मा ओली ।

    उहाँ नेतृत्वको प्रतीक हुनु केवल पदको मात्र कारण होइन, सिद्धान्त, साहस, समर्पण र जनतासँगको जरो जोडिएको कारण हो। विशेषतः पछिल्लो दशकमा एमालेको पुनर्स्थापनादेखि सत्तासम्मको यात्रा केपी ओली विना कल्पनै गर्न सकिँदैनथ्यो ।
          तर अहिले एमालेभित्र नेतृत्वको नाममा फेरि एउटा अनौपचारिक अभ्यास र प्रयोगको तयारी भइरहेको छ—जहाँ बिद्या भण्डारीलाई पुनः  ढाल  बनाउने षड्यन्त्रले टाउको उठाउन थालेको छ। त्यसैले निम्न कुरा हरु राम्रो संग बुझ्न र समझमा राख्न जरुरी छ ।

    १) नेतृत्व परिवर्तन होइन- नेतृत्व सुदृढीकरण आवश्यक छ:-
               राजनीति सरल रेखामा सलल बगेको भए ८ औं राष्ट्रिय महाधिवेशनले ७० वर्ष उमेरहदको व्यवस्था गरेको हो — यसलाई कार्यान्वयन गर्नुपर्ने हो। तर कार्यान्वयनको नाममा ओलीपछि को नेतृत्व को हो ? भन्ने स्पष्ट उत्तर नदिई" Back door power play " (ब्याक डोर पावर प्ले ) सुरु गर्नु एमालेका लागि झन ठूलो संकट निम्त्याउने काम हुनेछ।
             यदि वास्तवमै केपि ओलि पछी को पुस्तामा कोही बहादुर हुनुहुन्छ  भने खुला रुपमा अगाडि आउनुपर्छ, नेतृत्वको दावा गर्नुपर्छ। तर लाज र डरका कारण,बिद्या भण्डारीको काँधमा बन्दुक राखेर केपि ओलीलाई तर्साएर हटाउने खेल खेल्ने हो भने—त्यो इतिहासकै सबैभन्दा अविवेकी र आत्मघाती प्रयोग हुनेछ।
     
    २) बिद्या भण्डारी — "सम्मानित राष्ट्रिय  व्यक्तित्व हो तर अबको नेतृत्वको ‘मुखौटा’ होइन "यति चाहिँ बिद्या भण्डारी ले फराकिलो मन बनाएर गहिरो समझ राख्नु पर्छ ।
             दुई-दुईपटक राष्ट्रपतिका रूपमा देशको सर्वोच्च सम्मानमा पुग्नु भएकी नेतृ बिद्या भण्डारी, मदन भण्डारीजस्तो महान् नेताको राजनीतिक बिरासत बोकेकी  उत्तराधिकारी हुनुहुन्छ । ओहा माथि देशका लाखौं जनताको आदर छ सम्मान छ ।
    तर, अहिले फेरि उहालाई पार्टी नेतृत्वमा ल्याउने नाममा प्रयोग गर्न खोज्नु—उहाँप्रति नै अपमान हुनेछ। उहाँको गरिमा राजनीतिमा प्रयोग होइन, स्थायित्व र शालीनताको प्रतीकको रुपमा अबिभावक भएर बस्नुमा छ।
     
    ३) पुरानै पात्र, पुरानै षड्यन्त्र : सिद्ध भइसकेको कोर्स फेरि किन?
              प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम... यी सबै नेताहरूले ‘पार्टी एकता’ को नाममा नेतृत्वको विकल्प खोज्ने अभ्यास गरिसक्नु भयो ! हुदा खादाको सरकार  कम्युनिस्ट आन्दोलन  ध्वस्त पारेर खुलित हुनुभयो  ,नतिजा —नेकपा  पार्टी टुक्रियो, कम्युनिस्ट विचार र आन्दोलन कमजोर बन्यो, संगठन लथालिंग भयो।
         अब फेरी यिनै अनुहारहरूको सहारामा एमालेभित्र अर्को प्रयोग होस् भन्ने चाहना त्यो "प्रयोगकर्ताहरू" को हो ?,  हामी कार्यक्रता जान्न चाहन्छौ ? जनताको चाहाना पनि होइन। जनताको चाहना प्रस्ट छ - सुखी नेपाली समृद्ध नेपाल को राष्ट्रिय आकांक्षा पुरागर्न स्थिरता, साहस र परिणाम दिने नेतृत्व। त्यो केपी ओलीमै केन्द्रित छ ।
     
    ४) केपि ओलीकै नेतृत्वमा कम्युनिस्ट एकता किन सम्भव छैन? सम्भब छ । यदि गल्ती नदोहोर्‍याउने हो भने ! नयाँ पुस्ता किन मौन? मानौं प्रचण्ड र माधव नेपाललाई साँच्चिकै कम्युनिस्ट एकताको हुटहुटी लागेको हो भने —
    ®️  केपि ओलीकै नेतृत्वमा किन हुँदैन त्यो एकता?
    ®️ यदि ओलीलाई छाड्ने हो भने — दोस्रो पुस्ताले किन नेतृत्व गर्ने साहस देखाउनु हुदैन ? गम्भीर प्रस्न यहाँ छ ?
     
    "तपाइँ हरु भित्रैभित्रै केपि ओलीमाथि आश्रित हुनुहुन्छ ?
    न ओलीलाई हटाएर सत्ता चाहिन्छ, भन्नेमा हो ! हो भने त भन्ने आट गर्न परेयो नि !  नेतृत्व चाहिएको हो कि सत्ता चाहिएको हो ?  मुख त खोल्नुस न! केपि ओलि संगै एउटा टेवलमा बसेर  हिम्मत गर्नु न !
          केपि ओलिकोमा पुग्दा बस्ने पिर्का रोज्न नसक्ने ! बाहिर बाहिर के को नेतृत्व रोज्ने हिम्मत गर्नु ! नि ...... आफू हरु हिम्मत नगर्ने  बिद्या भण्डारी लाई मोहोरा बनाएर कम्युनिस्ट एकताको नाममा हिजो नेकपा को इतिहास फेरि दोहोर्याउने  गलत कदम कदापि नउठाउनुहोस ! साच्चै कम्युनिस्ट एकता चाहिएको हो भने केपि ओलिकै नेतृत्व मा हुन्छ ।
         त्यो मोर्चा सोर्चा जहाँ अस्तित्व मेटिए पछि बन्ने रक्षान को प्रतीक मोर्चा को कुरा गर्नेहो भने एमाले का नेता र कार्यकर्ता माथी ठूलो मान मर्दन हो ! अपराध हो !यत्ती चाहिँ बुझ्नुपर्छ ...
     
    ५) समीक्षा होस्, षड्यन्त्र होइन। विकल्प होस्, प्रयोग होइन।
               यदि आलोचना मात्र हो, तर विकल्प छैन भने त्यो राजनीतिक द्वैधता हो।
    > केपी शर्मा ओलीमाथि धेरै टिप्पणी गर्न सकिन्छ, आलोचना गर्न सकिन्छ — तर आजको एमालेभित्र त्यसको विकल्प खडा गर्ने हिम्मत, दृष्टि र विवेक देखिएको छैन।

    विद्या भण्डारी सम्मानको प्रतीक बन्नुहोस्, प्रयोगको होइन! :

    @ बिद्या भण्डारीलाई प्रयोग गरेर नेतृत्व परिवर्तनको सपना देख्नु भनेको सम्मानित अनुहारलाई गिर्दो पर्खालको टेको बनाउनु जस्तै हो।
    @ नयाँ पुस्ता मौन छ, निर्णय लिने आँट छैन — त्यस्तो अवस्थामा  केपी ओलीको विकल्प भन्ने कुरै सम्भव छैन।
     ©️  केपी ओली विकल्प होइन, अझै आवश्यकता हुन्

    नेपालको वर्तमान राजनीतिक सन्दर्भमा के पि ओलीको नेतृत्व केवल एमालेभित्रको मुद्दा होइन, राष्ट्रिय स्थायित्वको कडी हो। उहाँको सक्रिय नेतृत्वले मात्र  देशकि अहिलेको असमाञ्जस्य र नेतृत्व संकटको मोडलाई सम्हाल्न सक्छ।
    ®️ बिद्या भण्डारी — सम्मानित हुनुहुन्छ, सम्मानित नै बस्नुस्।
    ®️ नयाँ पुस्ता — आँट गर्नुस्, अन्यथा मौन बस्नुस्।
    ®️ एमाले — प्रयोग होइन, उत्पादनको राजनीति गर्नुस्।

    # किनभने,
    ©️ ओली हटाएर ‘मुखौटा नेतृत्व’ ल्याउनु भनेको एमालेको आत्मविसर्जन हो।
    ©️ ओलीमाथि विकल्प छैन भन्ने होइन, तर विकल्प तयार छैन भन्ने कुरा सत्य हो।..... लालसलाम

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आषाढ १३ २०८२१०:२२:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology