Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अपरा अर्थात् निर्जला एकादशीको महत्व र विधि के छ ?

अपरा अर्थात् निर्जला एकादशीको महत्व र विधि के छ ?

  • 1.6K
    SHARES

  • अपरा अर्थात् निर्जला एकादशीको महत्व र विधि के छ ?

    -नारायण भट्टराइ

    निर्जला  ,अपरा, भिम एकादशी हिन्दू धर्ममा अत्यन्तै महत्वपूर्ण र पुण्यदायी एकादशी मानिन्छ। यो व्रत विशेषगरी ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथिमा पर्छ, जुन सामान्यतः मे-जुन महिनामा पर्दछ। यसलाई “निर्जला” भनिनुको कारण नै हो-यस दिन व्रत बस्ने मानिसले पानीसमेत नपिईकन (निर्जल) उपवास   गर्ने परम्परा चली आएको छ।,भिम भन्नाले भिम ले उपबास गरेको ,अपरा जेस्ठ कृश्नपक्षमा पर्ने एकादसि भन्ने बुझिन्छ ।

    🔷 निर्जला एकादशीको महत्त्व,एकै दिनमा सबै एकादशीको पुण्य:

    वर्षभरिका २४ वा अधिक एकादशीहरू मा उपबास गर्न नसक्नेहरूले यदि यस दिन मात्र व्रत गरे भने सबै एकादशी व्रत बराबरको पुण्य मिल्ने विश्वास गरिन्छ।

    KUNJA DHAM butwal.jpgधार्मिक मान्यता अनुसार:

    भीमसेनले वर्षभर व्रत गर्न नसक्ने भएकोले, महर्षि व्यासले उनलाई यही एक दिन निर्जला एकादशी व्रत गर्न सल्लाह दिएका थिए। त्यसैले यसलाई भीम एकादशी पनि भनिन्छ।

    पाप मोचन र मोक्ष प्राप्ति:

    यो व्रतले पापहरू नाश हुने र मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ।

    🔷 व्रत विधि (कसरी मनाउने?):

    पूर्वसन्ध्यामा नियम लिनुहोस् – एकादशी अघिल्लो रातमा सात्विक भोजन ग्रहण गरी नियम लिने चलन छ।

    एकादशी दिन: 

    ब्रह्ममुहूर्तमा उठ्ने, स्नान गरी भगवान् विष्णुको पूजा गर्ने।

    तुलसी, गंगा जल, धुप-दीप, फल, फूल आदिले पूजन गर्ने।

    दिनभर पानीसमेत नखाई व्रत बस्ने — यही कारण " बाट निर्जला" एकादसी भनिएकोहो।जेस्ठ मासको गर्मी मा यी निर्जला एकादसी पर्ने भएकाले पनि साच्चै कठिन व्रत हो ।यश एकादसी का दिन सक्ने ले आफ्नो शक्ति अनुसार ब्राह्मण लाइअन्न , कपडा ,छाता , फल , जलले भरिएका कलस हरु दान दिने पनि गरिन्छ । सर्बत हरु माटाका सुरही हरु ,मिठाई पनि बाट्ने गरिन्छ ।

    एकादशी कथा सुन्ने/पढ्ने: 

    व्रतको दिन विष्णु भगवान् सम्बन्धी कथा, भीमसेन एकादशी कथा सुन्ने र सुनाउने चलन छ।

    पारणा (व्रत खोल्ने): 

    द्वादशीको दिन बिहान स्नान गरी भगवानलाई अर्घ्य दिएर व्रत तोडिन्छ। यसमा फल वा सात्विक भोजन गरिन्छ।कुनै कुनै व्रत बस्ने हरुले एकादसी ,द्वादसी दुबै उपबास गर्ने पनि गर्दछन ।निर्जला एकादसिकै दिन  तुलसी दल रोप्ने कार्य  समेत गरिन्छ ।

    🔷 के नगर्ने?

    दिनभर निद्रा, क्रोध, झूठ बोल्ने, निन्दा गर्ने, हिंसा आदि कार्य वर्जित मानिन्छ।

    प्याज, लसुन, अन्न र मांसाहार निषेध गरिएको छ।

    🔷 विशेष फलहरू:

    पितृ तर्पण, पुण्य संचित, रोग नाश, मनोकामना पूर्ण, र अन्तमा बैकुण्ठ प्राप्ति हुने विश्वास गरिन्छ।

    एक पौराणिक कथा :-

    एक पटक भीमसेनले व्यासजीलाई भने कि हे हजुरबुबा! युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, कुन्ती र द्रौपदी सबै एकादशीमा खाना खाँदैनन् र उनीहरूले मलाई पनि भन्छन् कि हे भीमसेन! एकादशीमा खाना नखानुहोस्। म उनीहरूलाई भन्छु कि म भोक सहन सक्दिन। म नियमानुसार दान दिनेछु र भगवान वासुदेवको पूजा गरेर उहाँलाई प्रसन्न गर्नेछु। तर मलाई एउटा तरिका भन्नुहोस् कसरी म व्रत बिना एकादशीको लाभ प्राप्त गर्न सक्छु।

    व्यासले भने- हे वृकोदर! यदि तिमी स्वर्गलाई माया गर्छौ र नर्क जान चाहँदैनौ भने, दुवै पक्षको एकादशीको दिन खाना खानु हुँदैन।भीमसेनले भने - हजुरबुबा! म एक छाक मात्र खाएर सन्तुष्ट छु।

    म बाँच्न सक्दिन। मेरो पेटमा वृक् नामक आगो बलिरहेको छ। धेरै खाना खाएपछि मात्र मेरो भोक मेटिन्छ। हे मुनिराज! कृपया मलाई त्यस्तो व्रतको बारेमा बताउनुहोस् जुन मेरो लागि लाभदायक हुनेछ। म अवश्य पनि नियम अनुसार गर्नेछु।

    व्यासजीले भन्नुभयो- ज्येष्ठ शुक्ल एकादशीमा निर्जल व्रत बस्नुहोस्। नुहाउँदा पानी पिउनु वा पानी पिउनुमा कुनै हानि छैन। भनिन्छ कि सुनको रत्न डुबाएको पानी जति मात्रामा पानी पिउनुमा शरीर शुद्ध हुन्छ।

    खाना पटक्कै नखानुहोस्। खाना खाँदा व्रत तोडिन्छ।तिमिले सघै यिनै एकादसी को व्रत राख ,यसमा तिमीले अन्य एकादसिमा अन्न खाएको पापको नस्ट हुने छ । अनि पुरै बर्ष भरिका एकादसी उपबास गरेको ब्रतको फल प्राप्त हुने छ ।

    हरिॐ बिष्णु,।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology