Logo मंगलवार, श्रावण १२ गते २०८३
images

के हो गङ्गा दशहरा ?

के हो गङ्गा दशहरा ?

  • 3.1K
    SHARES

  • के हो गङ्गा दशहरा ?

    -नारायण भट्टराइ 
    (गंगा दशहरा) हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक पर्व हो, जुन विशेषगरी भारत र नेपालका हिन्दूहरूले श्रद्धा र भक्ति साथ मनाउने गर्छन्। यो पर्व गङ्गा नदीको पृथ्वीमा अवतरण भएको दिनको स्मरणमा मनाइन्छ।

    कहिले मनाइन्छ?

    गङ्गा दसहरा हिन्दू पात्रो अनुसार ज्येष्ठ महिनाको शुक्ल पक्षको दशमी तिथिमा मनाइन्छ, जुन सामान्यतः मे अन्त्य वा जुनको सुरु तिर पर्छ। २०२५ मा यो पर्व ५ जुन का दिन परेको थियो । 

    🛕 धार्मिक महत्व

    गङ्गा दसहरामा एउटा मान्यता छ कि यस दिन गङ्गा नदीमा स्नान गर्दा अन्जान मा गरेका १० प्रकारका पापहरू नाश हुन्छन्।

    "दश" को अर्थ १० र "हरा"  कोअर्थ नाश गर्नु — गङ्गा दसहरा भन्नाले १० प्रकारका पाप नाश हुने दिन भन्ने जनाउँछ।

    श्रद्धालुहरू गङ्गा नदीको किनारमा गई पूजा, स्नान, दान तथा मन्त्रपाठ गर्ने गर्छन्।

    🌸 के-के गरिन्छ यस दिन?

    गङ्गा स्नान – पवित्र नदीमा स्नान गरेर आत्मशुद्धि गरिन्छ।

    दान धर्म – ब्राह्मण र गरीबलाई अन्न, पैसा, वस्त्र आदि दान गरिन्छ।

    पुण्य कार्य – गीता पाठ, गङ्गा स्तोत्र पाठ, आरती आदिको आयोजन गरिन्छ।

    गङ्गा जलको महत्व – यस दिनको गङ्गा जललाई विशेष पवित्र मानिन्छ, र पूजामा प्रयोग गरिन्छ।

    📍 नेपालमा कहाँ कहाँ  मनाइन्छ?

    नेपालमा पनि विशेषगरी जनकपुर, पर्सा, बारा, र काठमाडौं उपत्यकामा गङ्गा दसहरा मनाइन्छ। भारतको हरिद्वार, वाराणसी, प्रयागराज, ऋषिकेश लगायत गङ्गा नदीको किनारमा यो पर्व विशेष धूमधामका साथ मनाइन्छ ।

    पौराणिक कथा

     - प्राचीन काल माअयोध्या मा सगर नाम का राजा ले राज्य गर्दथे । उनका केशिनी तथा समति नामका दुइबटा रानिहरु थिए। केशिनी बाट अंशुमान नामक पुत्र भए तथा सुमति कासाठि हजार पुत्र थिए। एक पटक राजा सगर ले अश्वमेघ यज्ञ गरे। यज्ञ को पूर्ति का लागि एक घोड़ा छोडियो। इन्द्र ले यज्ञ  भंग गरन का लागि घोडो चोरेर कपिल मुनि को आश्रम मा लगेर बाँधेर आए। राजा ले यज्ञ पूरा गर्न का लागि घोडा  खोजन का लागि आफ्ना साठि हजार पुत्र लाई पठाए ।  घोडा खोज्दै जादा   कपिल मुनि का आश्रम मा पुगे ।त्याहा  यज्ञ  सम्पन्न गर्नका लागि छोडेको घोडा बाधी रहेको पाइयो । त्यस समय चोर-चोर भनेर कराउन शुरू गरे। कपिल मुनि को समाधि टूट्यो। तथा राजा का सबै पुत्र कपिल मुनि का क्रोधाग्नि मा जलेर भस्म खरानी भए ।

    अंशुमान  ले आफ्ना पिताजि को आज्ञा पाएर अपना भाइहरु को खोजमा जब मुनि को आश्रम मा पुगे तब महात्मा गरुड़ ले उनका भाइहरु  भस्म हुनुको सारा वृतान्त  सुनाउनुभयो । गरुड़ जी लेअंशुमान लाई यो पनि  बताउनु भयो कि यदि इनिहरुको मुक्ति चाहान्छौ भने तिमिले गंगा जी लाइ स्वर्ग बाट धरती मा लिएर आउनु पर्नेछ । यस समय माअश्व लिएर आफ्ना पिता को यज्ञ पूर्ण गराउ। त्यस पछि गंगा लाइ पृथ्वी  मा ल्याउने काम गरनु। अंशुमान ले घोडा सहित यज्ञमंडप मा पुगे । राजा सगर सङ्गसबै वृतान्त सुनाए।

    महाराज सगर को मृत्यु भए पश्चात् अंशुमान ले गंगाजी लाइ पृथ्वी मा ल्याउन का लागि  तप गर्न लागे  परन्तु उनिअसफल रहे। त्यस पछाडि उनका पुत्र दिलीप ले पनि तपस्या गरे परन्तु उनी पनि असफल भए ।

    अन्त मा दिलीप का पुत्र भगीरथ ले गंगाजी लाइ पृथ्वी मा ल्याउन का लागि गोकर्ण तीर्थ मा गएर  कठोर तपस्या गरे। तपस्या गर्दा गर्दै धेरै बर्ष  हरु बिति गए । तब ब्रह्माजी प्रसन्न भएर  गंगाजी लाइ पृथ्वी लोक मा ल्याउन पाउने बरदान दिनु भयो ।  अब  अर्को समस्या यो थीयो कि ब्रह्माजी का कमण्डलु बाट छुटे पछि  गंगा को वेग को पृथ्वी मा कस्ले  संभाल्न सक्दछ। ब्रह्माजी ले बताउनु भयो कि  भूलोक मा भगवान् शंकर को अतिरिक्त शक्ति कसैको पनि छैन जो गङ्गा कोवेग को सँभाल्न सक्ने । उचित यो हुन्छकि गङ्गा को वेग सँभाल्न का लागि  भगवान् शिव को अनुग्रह  चाहिन्छ। महाराज भगीरथ एक अंगूठा मा खडा भएर  भगवान शंकर को आराधना गर्नलागे। उनको कठोर तपस्या बाट प्रसन्न भएर शिवजी गंगा को अफ्ना जटामा सँभाल्न का लागि तैयार हुनु भयो। गंगाजी जब देवलोक बाट पृथ्वी तर्फ बडन लागिन त शिवजी ले गंगाजी को धारा को अपनो जटामा समेटनु भयो । कई वर्ष तक गंगाजी को जटाबाट बाहिर निक्लन का लागि  पथ नै मिल्न सकेन ।

    भगीरथ ले पुनः अनुनय-विनय गरे पछि मात्र शिवजी गंगा को आफ्ना जटा बाट मुक्त गर्न का लागि  तैयार हुनु भयो। यस प्रकार शिव का जटाबाट  छूटे पछि गंगाजी हिमालय का घाटिमा कलकल निनाद गरेर मैदान तर्फ बग्दै गइन। जुन बाटोबाट गङ्गाजी बग्दै थिइन, उसै बाटो  ऋषि जन्ह को आश्रम थियो। तपस्या मा विघ्न समझेर उन्ले गङ्गा जी लाई पिउनु भयो। भगीरथ ले प्रार्थना गरे पछि उहाले पुनः जाँघ   बाट निकाल्नुभयो । तब गङ्गा जन्हु पुत्री अर्थात जाह्नवी भन्न थालियो। यस प्रकार अनेक स्थल लाइ पार गर्दै  जाह्नवी ले कपिल मुनि को आश्रम मा पुगेर सगर का साठि हजार पुत्रहरुका भस्म अवशेष लाइ तारेर मुक्त गरि दिनु भयो। उसै समय ब्रह्माजी ले प्रकट भएर भगीरथ को कठिन तप तथा सगर का साठि हजार पुत्र लाइ अमर हुने  वर दिनु भयो तथा घोषित गर्नु भयोकि तिम्रो नाम मा गंगाजी काे नाम भागीरथी हुनेछ।

    अब तिमी गएर  अयोध्या को राज्य, राज काज सँभाल। यति भने पछाडि ब्रह्माजी अन्तर्ध्यान हुनु भयो।
      पुनस्च दसहरा भन्नाले हामिहरुको जन जिब्रो मा आजको दिनमा दस थरी तरकारी खाने ,दस हात गङाजी बडने,गङ्गामा नुहाउने ,दान गर्दा नरकको बाटो जान नपर्ने बिस्वास गरिन्छ ।आजै वातावरण दिबस पनि पर्न गएछ ।आज नै आँप का दाना टिपि अचार बनाइ खाने गरिन्छ ।गङ्गा को अबतरण हुदा जेस्ठ शुक्ल दसमिको शोमबारको हस्त नक्षत्रमा गङ्गा अबतरण भएकोहो ।यसैले यो तिथि धेरै महत्वपुर्ण छ ।
                       अस्तु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ २३ २०८२०८:४३:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology