नारायण भट्टराइ
तुलसी Ocimum Sanctum नेपाली भासामा तुलसी ,हिन्दिमा तुलसी सस्कृतमा तुलसा बहुमंजरी अङ्रेजी होलिसेक्रेडबेसिल (Holy sacred basil) लेटिनमा ओसिमम ocimum sanctum भनिने गरिन्छ ।
हिन्दू धर्मावलाम्बि हरुले प्राय तुलसीको सेबन र प्रयोग गर्ने गर्दछन। प्राय नेपाल तथा भारतमा तुलसी माता भगवान आदि नामले पुकार्ने गरिन्छ । (oxygen ) अक्सिजन तुलसी र पिपलका वृक्षवाट प्रचुरमात्रमा प्राप्त हुने हुदा वढि प्रयोगमा यी बिरुवा हरु आउछन ।
नेपालका धेरै जसो भागमा तुलसीको बिरुवा रोप्ने गरिन्छ। घरको नजिक मठ, महिरो, मैरो र तुलसी भए को खण्डमा बास्तु दोष पनि निवारण हुन्छ भन्ने विश्वास मानिन्छ। तुलसी मैया लाई कुनै कुनै ठाउमा वृन्दाको स्रापले विरुवा र रुख हुनु परोस भनि विष्णु भगबानलाई दिएको हुनाले, पिपल , तुलसी ,ढुङ्गो हुनु परोस भनि स्राप गरेको मानिन्छ ।
त्यसैले यी बिरुवा हरुलाइ बिस्णु भगवान को रूप मानिन्छ भने कुनै ठाउमा तुलसी नामकि महातारी विष्णु लाई खुसी बनाएको कारण विष्णु र तुलसा संगै राख्नु पर्ने र भगवान लाई भोग लगाउदा तुलसी: पत्र प्रयोग गर्ने प्रचलन प्रसिद्ध छ। श्राद्ध गर्दा बेदि वनाउन तुलसीको मठको माटो लाई पपित्र मानी चलन गर्ने गरिन्छ ।स्राद्दमा पायसको राम्रो डल्लो बनाई तुलसी पत्र भित्रपट्टी लुकाएर पितृलाई तृप्त पार्ने छोरा ले स्रद्दा ले पित्री हरुलाइ भोग लगाउने गर्दछन ।
प्रेतकल्पको सपिण्डिकरण १२औ दिनमा तिनवटा पिण्ड हरुमा प्रेतवाट पितृमा प्रवेश गराउदा बनाएको खाद्य बस्तुमा तुलसी पत्र भित्र पट्टि राखि प्रयोग गर्न गुरुहरुले सिकाउनु हुन्छ । बिरामी परि अन्तिम अबस्था आउन लाग्यो भने तुलसी मठको नजिक लगेर सुताइन्छ ।जहा स्वास प्रश्वास कृयामा सहज हुन जान्छ । मृत्यू पयन्त मृतभनिने गरिएको आत्माले वैकुण्ठ लोक प्राप्त गर्दछ भन्ने विश्वास गरिन्छ ।
भाषा विज्ञान अनुसार तुलसीलाई ४ भागमा वाडिएको छ ।
१- तुलसी ocimum sanctum
२- तुलसी बुवई ocimum basilicum
३- तुलसी राम ocimum Gratissimum
४- तुलसी वालंगा Lallemantia Royleana
१- तुलसी, र कालो तुलसी.
कामको आधारमा कालो तुलसी प्रभावकारी हुने मानिएको छ । यिनिहरु तितो, उण्णविर्य हुने सेतो तुलसी को गुण धर्म दुवै तुलसीको एउटै हुने गर्दछ तुलसिले प्रायजसो पाचक र शरिरलाई गर्मि गराउने गर्दछ । वालकहरुका लागि कासोको प्रकोप भएको खण्डमा पत्रको रसमा, मह मिलाई अर्थात शुद्ध रस खुवाउने गरिन्छ । कालि तुलसी सितल हुन्छ र ज्वारोलाई निको पार्ने काम गर्दछ ।
पायसमा राम्रो डल्लो बनाई तुलसी पत्र भित्रपट्टी लुकाएर पितृलाई तृप्त पार्न छोरा हरुले भोग लगाइ दिने गर्दछन । प्रेतकल्पको सपिण्डिकरण १२ औ दिनमा तीन बटा पिण्ड हरुमा प्रेतवाट पितृमा प्रवेश गराउदा बनाएको गोलो डल्लो भित्र तुलसी पत्रको प्रयोग गर्ने गरिन्छ ।
अन्तिम अबस्थाका विरामी लाई सकस हुन लाग्यो भने मठको नजिक लगेर सुताइन् छ जहा सास प्रश्वास कृयामा सहज हुन जान्छ । मृत्यू पयन्त मृतभनिने गरिएको आत्माले वैकुण्ठ लोक प्राप्त गर्दछ भन्ने विश्वास गरिन्छ ।भाषा विज्ञान अनुसार तुलसीलाई ४ भागमा वाडिएको छ ।
१- तुलसी ocimum sanctum
२- तुलसी बुवई ocimum basilicum
३- तुलसी राम ocimum Gratissimum
४- तुलसी वालंगा Lallemantia Royleana
१- तुलसी, र कालोतुलसी.
कामको आधारमा कालो तुलसी प्रभावकारी हुने मानिएको छ । यिनिहरु तितो, उण्णविर्य हुने गर्दछन।
गुण धर्म दुवै तुलसीको एउटै हुने गर्दछ ।सेतो तुलसि प्रायजसो पाचक र शरिरलाई गर्मि गराउने गर्दछ । वालकहरुका लागि कासोको प्रकोप भएको खण्डमा तुलसिपत्रको रसमा, मह मिलाई अर्थात शुद्ध रस खुवाउने गरिन्छ । कालि तुलसी सितल हुन्छ र ज्वारोलाइ निको पार्नेकाम गर्दछ । छाती मा कफजमेको शङका भएमा तुलसिपत्रको रसमा मरिचको धुलोको साथमा खुवाउने गरिन्छ । तुलसीको पत्रको चूर्ण कफ र पिनासको लागि पनि उपयोगि मानिएको छ । अजिर्ण, सुनिएको, दुखेको ठाउमा पात को लेप लगाउन र तुलसिको पत्र काे रस खान सकिन्छ । चेहरामा केहि खराव दाग देखिएमा पातलाई चेहरामा लगाउन सकिन्छ र गरिन्छ । पेटको अग्नी कमजोड, सर्दि , हिक्का (बा डुकी) पेट दुख्नेमा, जुकापरेमा, कमजोर र कासो, बाहिरी दुखाई ,कमजोर भएमा, रक्त विकार, मा पनि आराम गर्दछ ।
२ तुलसी बुबईOcimum basilicum
तुलसिमा प्राय जसो सेतो कालो दुबैमा तुलसीका गुण र धर्म एउटै रहन्छन। यो तुलसि वास्ना दार भएकाले चिया मा प्रयोग गर्न सकिन्छ । मसलाको रूपमा ल्याउन सकिन्छ । यिनि हरुको चटनी बनाएर पनि खान सकिन्छ मुर्छा, मृगि, दुखाई, पिनास रोगमा लेपर नस लिन सकिन्छ ।
३ तुलसी राम (रामतुलसी)
ocimum Gratissimum
यस्ले उत्तेजक, पिसावरोग, रुचिकर, पित्तनासक, वात, विकार, रजोरोधक, हुन्छ । यो वात रोग, कफ, अरुची, पिसाव संबन्धी रोग, मन्दाग्नी , अर्स रोगमा प्रयोग गरिन्छ । तुलसी बालंगा lallemantia royleana
यो तुलसीको विउ पेटको खराबी पौस्टिकता ,पखाला लागेमा अर्समा उपयोगी हुन्छ । यसलाई हृदयको धडकन दुर्वलता, रक्तातिसार, मा प्रयोग गरिन्छ। यस्को बिज भुटेर पिसी पानीमा मिलाई सर्वत बनाई खानाले परम शान्तीदायक र तृष्णा हटाउने गर्दछ । पिला, खटिरा, सुनिएमा विजलाई पट्टी वनाई वाधि दिएमा आराम गर्दछ। पागलपन आएमा यस्को विज लाइ गाईको दुधमा मिलाई खुवाउने गरिन्छ ।
तुलसीको वारेमा समग्रमा भन्नु पर्दा औषधी को रुपमा मात्र नभएर हामीले प्राय धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ। जलखाने , प्रदक्षिणागर्ने, र सन्ध्या कालमा तुलसी मठको नजिक घिउको दिपक जलाउनाले बैकुन्ठ लोक प्राप्त हुन्छ भन्ने बिस्वास गरिन्छ। तुलसी ३ दिन संम शुद्ध रहन्छ खसेको पातलाई ३ दिन सम्म पनि जलले स्नान गराई पुन भगवान लाई अर्पण गर्न सकिन्छ । श्रीमददेवि भगवत का अनुसार वेलुकि सुतिसके पछि विहान नुहाई ध्वाई गरि तुलसी पत्र टिप्नु पर्दछ । तुलसीपत्रभगवानको भोगमा लगाउनु अनिवार्य हुन्छ । विष्णुको भोगमा तुलसी अति पृय मानिआइएको छ । कुनै समयमा तुलसी पत्र तोडन पाईएन भने तुलसि को माला भोगमा छुवाई भगवान लाई अर्पण गर्न सकिन्छ । विष्णु भगवान को जुन सुकै अवतारमा पनि तुलसी पत्त्र चढाउन सकिन्छ । तर गणेश र शिबजी लाई तुलसी पत्र चढाई दैन ।
वेलपत्र र तुलसीलाई टिप्न नहुने बार र तिथि पनि लिईएका हुन्छन ।
वेल, सोमवार, नवमी आदि तिथिमा नतोड्ने भनिन्छ। बेलका पत्र बेलपत्र सुकेमा पनि अशुद्ध हुदैनन् । जलले नुहाई भगवान लाई पुन चढाउँन सकिन्छ। आईतबार मंगलवार, सुकवार, द्वादसी पूर्णिमा र साझको वेलामा तुलसी पत्र टिप्न लाई बर्जित हुन्छ भनिन्छ । तुलसी पत्र तोड्दा नम भगबते बासुदेबाय भनेर टिपदा राम्रो हुन्छ । तुलसीको उमेर पुगेपछी मन्जरी आउने गर्दछ ।त्यो मन्जरी तुलसिलाइ भारी लाग्दछ त्यसैले टिप्नु पर्ने हुन्छ । मन्जरी लाइ हटाउदा कैची, हसिया, हातका नङ आदिको प्रयोग नगर्ने। हल्का हातले हटाउनु पर्दछ। मञ्जरीमा माता लक्ष्मीका वास हुन्छ भनिन्छ। मान्जरी टेजोरी आदिमा राखिन्छ। रातो कपडामा बेरेर राख्दा राम्रो हुन्छ। वास्तुदोष, भूत प्रेतको शंका भएमा तुलसीको मंजरी जलले भरिएको भाडोमा राखी शान्ती गर्दा मनमा शान्ती आउछ । दियोमा घिउ राखी जलाएको दियाेमा मञ्जरी राख्ने गरिन्छ। यज्ञगर्दा मन्जरी धुनिमा राख्न सकिन्छ। जलमा राखेर पिउदा शुद्धता र पवित्रता भईन्छ ।सूर्यास्तकोसमयमा घिउको बत्ति अर्थात तिलको तेलको वत्ति तुलसी को मठकाे नजिक वालि दिनाले सात जन्म सम्मको पाप नस्ट हुन्छ । उसलाई आर्थिक संकट आउँदैन ।
जय तुलसी माता ।।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)