Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उत्तम महिना श्रावण र शुक्ल पञ्चमी (नाग पञ्चमी ) को महत्व

उत्तम महिना श्रावण र शुक्ल पञ्चमी (नाग पञ्चमी ) को महत्व

  • 2.6K
    SHARES

  • उत्तम महिना श्रावण र  शुक्ल पञ्चमी (नाग पञ्चमी ) को महत्व

    ✍️ नारायण भट्टराई

    IMG_3624.jpegहामी हिन्दु धर्माबलम्बी हरु प्राय बाह्रै महिना र तिनसय पैसट्ठी दिन नै एउटा पर्व र व्रत मनाउछौ  । यसरि व्रत र पर्व मनाउदा इस्वर खुसी हुन्छन भन्ने बिस्वास र अर्को  चोख नीति र उपबासको कारण ले  हाम्रो शरिरमा भएका नकरात्मक उर्जाहरु नस्ट भए र जाने बिस्वास गरिन्छ ।

    पहिले पहिले आफू बस्ने गरेको घरमा नाग्पन्चमीको दिन गोबरमा गेरु मिलाएर लिपपोत गरि नागको विधि बिधान बाट पूजा गरिन्थ्यौ । यश अबसरमा एउटा रसिमा सात बटा गाठा पारेर एउटा फलेकमा सुताउने गरिथ्यो ।

    त्यस लाई नागको प्रतीक मानी बेसार चन्दन चामल फूल आदि अर्पण गरे पछि काचो दूध चिनी घिउ मिलाएर फलेक माथी सुति रहेका नाग देवता लाई अर्पण गरिन्छ ।यश समयमा निम्न लिखित मन्त्रको स्मरण गर्ने गरिन्छ ।
    मन्त्र :- अनन्तम बाशूकी शेसम पद्मनाभम च कम्बलम कर्कोटकम तक्षकम ।

    ठुला पर्व र बर्तको आरम्भ गर्ने पहिलो पर्व र व्रत पनि स्राबण शुक्ल पक्षको पन्चमी अर्थात नाग पन्चमी हो ।यश दिनमा नागको पूजा गरिन्छ ।चौथी को दिन एक पटक मात्र भोजन गरि ( एकछाक खाना ) पन्चमिको दिन पुरै उपबास बसी बेलुका भोजन गरिन्छ ।प्रचलन अनुसार सुना चादी काठ माटो को कलम बनाइ हलेदो अथबा चन्दन ( श्रीखन्ड ) को मसी बनाइ पाच बटा मुन्टा भएको  पाच नाग लेख्ने गरिन्छ ।

    पन्चमिका दिन पन्चामृत खीर कमल धुप नैबेध्य आदि लिएर  नागको बिधीबत पूजा गरिन्छ । पूजा गरि सकेपछी ब्राह्मण  गुरुदेब हरुलाइ लड्डु अथबा खीर  को भोजन गराउन उपयुक्त मानिन्छ । नाग्पन्चमिको दिन नागको पूजा गरि सकेका भक्तले त्यस दिन पृथ्बिलाइ खन्ने भत्काउने ओदार्ने आदि कार्य गर्नु हुदैन ।

    पूजन गरिसके पछाडि नाग देवता लाई आरतिको ब्यबस्था गरिन्छ ।यश पछाडी काचो दुधमा मह मिलाएर  चिनी अर्थात गुड मिसाएर ( घोलेर ) जहाँ कहि सर्प बस्ने ठाउँ दुलो चिदी आदिमा अर्पण गर्ने र त्यस ठाउको माटो निकाली घर ल्याउने जातो चुल्लो ढोकाको नजिकको भित्तो तथा घरको कुनापट्टी माटो बाट नागको आकार बनाउने अर्थात काचो चामल पिसेर पानी राखी नागको आकृती बनाउन पनि सकिन्छ ।

    ती आकृती बनाइ सके पछाडी भिजाएको बाजरा घिउ गुण बाट यिन्को पूजा गरिन्छ । चन्दन अक्षता घिउ को बत्ती कलस गणेश को स्थापना र पूजा गरि दक्षिणा चढाइन्छ ।अन्त्यमा पूजामा केही तुर्टी अर्थात कमि भए पूराहोस भन्नका लागि घिउमा मुछिएको बत्तिको आरती अर्पण गरि नाग पन्चमिको कथा बाचन गर्ने अर्थात स्रर्बण गर्ने गरिन्छ ।

    गरुड पूराण अद्याय १२९ अनुसार :

    श्रावण भाद्र आस्विन र कार्तिक महिनाको शूक्ल पक्ष पन्चमी तिथिमा बासुकी तक्षक कालिय मणिभद्रक ऐराबत धृतरास्ट्र कर्कोटक तथा धनन्जय यी आठबटा नाग हरुलाइ घिउले नुहाइ  पूजा गर्ने गरिन्छ । यी नाग हरुले भक्त को आयु आरोग्य र स्वर्ग प्रदान गर्दछन ।

    अनन्त बासुकी शंख पद्म कम्बल कर्कोटक धृतरास्ट्र शम्खक  कालिय तक्षक पिङगल यी नाग हरुको पूजा प्रतेक मासमा गर्नु पर्दछ। भाद्रमहिनाको शुक्ल पक्षमा आठ नागको पूजा गर्नेहो भने सादक को मृत्यु भएपछी स्वर्ग र मोक्षको प्राप्ती हुने गर्दछ ।
    श्रावण महिनाको शुक्ल पक्षको पन्चमी तिथिको अबसरमा  ढोकाको दुबै तिर भित्तोमा नागका चित्र बनाइ पूजा गरि टास गर्नु पर्दछ । यश दिनमा अनन्त आदि  नाग्को पूजा गरि नैबेद्यमा घिउ तथा दूध चढाउनु पर्दछ ।यश प्रकृयाले पूजा गर्दा सबै बीस दोस नस्ट भएर जान्छ ।नागले अभए बरदान दिने गर्दछन ।अर्थात यो पन्चमी सर्प दम्सी प्राणी लाई मुक्ती दिने गर्दछ ।यसकारण यश पन्चमी लाई द्रम्ट्रोद्वार पन्चमी पनि भनिन्छ ।

    यश सम्बन्धमा एउटा कथा पर्चलित छ परापुर्ब कालमा भारत को मनिपुर भन्ने स्थानमा एउटा किसान परिबारका साथमा संगै  बस्दथे ।उनका श्रीमती दुई छोरा र एउटि छोरी थिइन । एक दिन किसान खेतमा हलो चलाइ रहेका थिए ।अकस्मात उन्को हलोले त्यही खेतमा बस्ने नाग र उनिहरुका दुई छोराहरु हलोले च्यपी मारिए ।

    अब नागिन मात्र रहिन ।उन्ले अलाप बिलाप गरि रुन कराउन थालिन ।केही समय पछाडी उन्मा एउटा सोछ आयो ।उन्ले श्रीमान र छोरा मारिदिने लाई बदला लिने शोच गरिन र रातको समयमा किसानको घरमा गइन र किसान किसानकी दुलही र दुई छोरालाइ डसि दिइन उनिहरु तत्कालै मरिगए । बाकी रहेकी छोरिलाइ अर्को दिन उनी हरुका घरमा जादा छोरी डराएर कटौरामा  दूध राखी दिई हात जोडि नगेनी सङग माफ मागी जानाजान गरिएको गल्ती होइन

    भनी बिन्ती बिछाइन ।समयोगले त्यही दिन नै नाग पन्चमी रहेछ ।नागिन प्रसन्न भएर किसान कि छोरी लाई वर माग भनिन ।छोरी ले मौका कुरि रहेकी रहिछन उन्ले वर मागिन मेरा माता पिता र भाइहरु जिबित होउन ।

    नाग पन्चमी का दिन जस्ले नागको पूजा गर्दछ उसलाइ कहिल्लै पनि नागले डस्ने बाधा नहोस ।नागिन ले किसान कि छोरी लाई तथास्तु भनी बरदान दिएर गइन ।त्यस पछि किसान र उन्कि श्रीमती अनि दुई छोरा हरु समेत जिबित भए । अहिलेको नाग पन्चमी २०८१ साल स्राबण २५ गते परेको हुदा  हामी सबैले नागको पूजा गरौ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology