Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसईईको नतिजा पछि के गर्ने ?

एसईईको नतिजा पछि के गर्ने ?

  • 1.2K
    SHARES

  • एसईईको नतिजा पछि के गर्ने ?

    -सुशिल खनाल

    यस वर्षको एसईई (SEE) परीक्षाको नतिजा सार्वजनिक भएको । यो परीक्षा विद्यार्थीहरूको उच्च शैक्षिक यात्राको नयाँ गोरेटो हो भने भविष्यको क्यारियरको लागि महत्त्वपूर्ण चरण हो । एसईई परीक्षाको नतिजा पछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ । 
    अभिभावक अथवा स्वयम् विद्यार्थीहरूलाई तलका केहि स्वमूल्याङ्कनले एसईई नतिजा पछि सही निर्णय लिन मद्दत गर्न सक्छ:
    १. नतिजा विश्लेषण गर्नुहोस्
    • नतिजा हेर्नुहोस्: आफ्नो एसईई नतिजा सावधानीपूर्वक हेर्नुहोस् र प्राप्त ग्रेडहरूको विश्लेषण गर्नुहोस्।
    • कमजोरी र बलियो पक्ष पहिचान गर्नुहोस्: कुन विषयमा बलियो र कमजोर हुनुहुन्छ भन्ने विश्लेषण गर्नुहोस्।
    २. विषय चयन गर्नुहोस्
    ( विद्यालय तह ११ र १२ मा संकाय भन्ने त छैन यद्दपी रुचि अनुसार तलका क्षेत्र रोज्न भने सकिनेछ) 
    • विज्ञान: मेडिकल, इञ्जिनियरिङ, बायोटेक्नोलोजी आदि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूले विज्ञान विषय चयन गर्न सक्छन्।
    • व्यवस्थापन: व्यापार, व्यवस्थापन, र इकोनोमिक्समा रुचि भएका विद्यार्थीहरूले व्यवस्थापन विषय चयन गर्न सक्छन्।
    • मानविकी: कला, साहित्य, समाजशास्त्र, मनोविज्ञान आदि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूले मानविकी विषय चयन गर्न सक्छन्।
    • प्राविधिक र व्यावसायिक शिक्षा: व्यावहारिक र प्राविधिक सीपमा रुचि भएका विद्यार्थीहरूले प्राविधिक र व्यावसायिक शिक्षा चयन गर्न सक्छन्।
    • शिक्षा: शिक्षणमा रुचि भएका विद्यार्थीहरूले शिक्षा चयन गर्न सक्छन्।
    ३. परामर्श लिनुहोस्
    • शिक्षकसँग परामर्श गर्नुहोस्: आफ्नो भविष्यको अध्ययन र क्यारियर योजना बनाउन शिक्षकहरूसँग परामर्श गर्नुहोस्।
    • अभिभावकको सहयोग: अभिभावकसँग छलफल गरी सही निर्णय लिनुहोस्।
    ४. शिक्षण संस्था छनौट गर्नुहोस्
    • कलेजहरूको जानकारी लिनुहोस्: विभिन्न कलेज तथा शिक्षण संस्थाहरूको जानकारी लिनुहोस् र उनीहरूको शैक्षिक कार्यक्रमबारे बुझ्नुहोस्।
    • प्रवेश परीक्षा: कलेज प्रवेश परीक्षा तथा छात्रवृत्ति परीक्षा र उनीहरूको प्रक्रिया बारे जानकारी लिनुहोस्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology