गोपाल गिरी
एक्काइसौं शताब्दीको युग प्रबिधी र बिकाशको युग का साथसाथै ससामाजिक संजालको युग पनि हो। मानिसहरु विशेषगरि facebook/Twitter /Instagram र whatsapp को प्रयोग गर्ने गर्दछन।
सामाजिक संजालको माध्यमबाट मानिसहरु आफ्ना बिचार,धारणा, अभिमत र बिरोधाभाषको आवाज उठाउने, मनोरंजन गर्ने,समयको सदुपयोग गर्नुका साथसाथै ज्ञान सिक्नको लागि पनि प्रयोग गरिन्छ।
समय परिस्थिति अनुसार आफू र आफ्नो पारिबारिक पृयजनहरुको खुशिको अबसरहरु जस्तैःबैबाहिक बर्षगाठ,शुभबिबाह,बर्तबन्ध,जन्मोत्सव,पास्नी, कुनै नयाँ कार्यको शुभारम्भ अथवा कुनै काम बिशेशबाट प्राप्त सफलताको खुशियालीको बारेमा आफ्ना धारणारभाबनाहरु शुभकामना तथा बधाई दिनेरलिने र शबदरुपी बाक्यहरु बनाएर प्रतिबिम्ब सहित सामाजिक संजालमा सेयर गर्ने गर्दछौ।यो स्वभाभिक प्रक्रिया हो र सामान्य रूपमा लिनुपर्छ ।
आजभोलि संजालको प्रयोग बाट विभिन्न खाले घातक रोग लागेका र उक्त घातक रोग संग जुधिरहेका ब्याक्तीहरुको लागि जिबनरक्षार्थ आर्थिक अभियान गर्ने जस्ता शुभकार्य गरि क्यौ मानिसहरुले नयाँ जीवन पाएकाछन।दिन दुखि, गरिब असक्क्तहरुको औसधि उपचार र उद्दार भएका घटनाहरु हामीले प्रतक्ष देख्न,सुन्न र प्रत्यक्षरूपमा हामी पनि सहभागिता भएका छौ।
मानवीय सेवामा समर्पित भै सेवा सत्कार गर्नु सह्रानिय पक्ष हो।त्यसैगरी विभिन्न सामाजिक कार्यहरु जस्तै बिधालय स्तरोन्नतिको लागि आर्थिक अभियान,मठ मन्दिर बनाउने,पाटी पौवारप्रतिक्षालय बनाउने,सामुहिक रुपमा महायज्ञ गर्ने,बाटो,घोरेटे बाटो निर्माण र पिउने पानीको कुवा धारा बनाउने जस्ता अत्यन्तै सामाजिक कार्यहरुको आयोजना गरिएको र सफल भएका घटनाहरु पनि प्रसस्तै पाइन्छ।यो मानबिय एकता र सामाजिक दायित्वमा संजालको राम्रो भुमिका रहेको छ।
धेरैजसो मानिसहरु संजालकै माध्यमबाट नेपाल सरकार , सरकारका गतिविधि,कामकार्बाही,कमिकमजोरिहरु औल्याउने,खबरदारी गर्ने र जन्ताहरुको लागि सुचित गर्ने कामहरु पनि भएका छन। रास्टिय पुजिको अनियमितता घोटाला र कुनै ब्याक्ती बिशेषबाट भएका भस्टचार सम्बन्धि मुद्दाहरु पनि उठाउने आम जन्ताहरुलाई सुचित गर्ने र जनस्तरबाट दोषीलाई कठालोमा समाएर कार्बाही गरिएका एकाध घटनाहरु सुन्न पाइन्छ।त्यसैगरी राजनैतिक,आर्थिक र समसामयिक परिस्थितिको बारेमा यतार्था सुचना संदेश प्रवाह गर्ने राजनैतिक आस्था,गुट उपगुटको आधारमा खण्डन अथवा बचाब गर्ने प्रक्रिया पनि संजालमा देख्न सकिन्छ।
क्यौ गाउँ ठाउँमा भएका नबप्रतिभाहरु कला, गला र ज्ञान भएकाहरु आजभोलि संजालमा जोडिएर उदयमान हुनुका साथै चिरपरिचित भएकाहरु पनि छन।जातिय बिभेदका मुद्दाहरु उठाइएका छन।समाज रुपान्तरण गर्नेका लागि विभिन्न अभियानहरु जस्तैस् आर्थिक अनियमितताको भण्डाफोर अभियान,सरसफाइ अभियान,हत्या हिम्सा र बलात्कार जस्ता जघन्य अपराध विरुद्धको अभियान,छोरि पढाऔ छोरी बचाऔ अभियान आदि इत्यादी सामाजिक ब्याक्तित्वहरुको अगुवाईमा चलाइएको छ। यो अत्यन्तै सामाजिक र सान्दर्भिक कार्य पनि हो।यसरी संजालमा जोडिएर क्यौ सकारात्मक कार्यहरु गर्ने र धेरै कुराहरु सिक्न पाउनु संजाल प्रयोगकर्ताको लागि राम्रो पक्ष्य हो।देशको राजनैतिक र समसामयिक परिस्थितिको बारेमा जान्न बुझ्नको लागि पनि संजाल एउटा महत्त्वपूर्ण पाठशाला बनेको छ।हामी सबैले संजालको सहि तरिकाले उपयोग गर्यौ भने धेरै फाइदा लिन सकिन्छ।
आज मैले यहाँ संजालमा अधिक मात्रामा प्रयोग गरिने शब्दावलीहरु झोले,अरिङ्गाल र अन्धभक्तको बारेमा आफ्ना धारणा राख्दैछु।सामान्यतया हामी गाउँ घरमा बस्ने खेतिकिसान गर्ने साधारण परिवारका सदस्यहरु आफ्नो परिवारको खर्च चलाउन र बालबच्चाहरुको उज्जल भबिस्यको लागि देश बिदेशमा रहेर काम गरिरहेका छौ।प्रदेशमा रहेर पनि हामिले आफ्नो जमिन बिर्सिएका छैनौ।आफ्नो गाउँठाउँ,जन्मभुमि र परिवारको अथाह माया र चिन्तन गर्ने गर्छौ।
हामी देश बिदेशमा रहेका युबाहरुले रास्टियरअन्तरास्ट्रिय कुराहरु उठाउन नसकौला तर आफ्नो घर,गाउँ,टोल,छरछिमेकमा भएका सामाजिक संघ सस्था,सस्थाहरुको कार्य सम्पादन र सोहि सिलसिलामा भएका अनियमितता,गैह्रजिम्मेवारी,जातिय,लैङ्गिक र भौगोलिक विभेदका मुद्दाहरू उठाएर संजालमा बितरण गर्ने गर्छौ। संबंधित हामी सबैले पढ्छौरअध्ययन गर्छौ पनि। हामिमा आफू भन्दा बाहेक अन्य क्यौ ब्यात्तिहरुलाई संजालबाट गाली बेइज्जती गर्ने अस्लिल र अपशब्द प्रयोग गर्ने, झोलेको उपनाम दिने,अन्धभक्तको बिल्ला सजिलैसँग भिराइ मानबिय मौलिक हक र स्वतन्त्रता माथी धाबा बोल्ने गर्छौ।आफुलाई माहान क्रान्तिकारी,बौद्धिक र अब्बल सामाजिक ब्याक्तित्व र सामाजिक क्रियाकलापमा सकृय भुमिका भएको देखाउन खोज्छौ।संजालमा स्टाटस,लेखमा धाराप्रबाह बिस्फोट हुनेगरि आलोचनात्मक कमेन्ट गर्छौ र आफ्नो बिरोधाभाष प्रस्तुत गर्छौ।
मानौ त्यो गाउ बस्तिमा ABC.. जस्तै इमान्दार,क्रान्तिकारी,अन्याय र अत्यचारको विरुद्ध आवाज बुलन्द गर्ने, स्वतन्त्र राजनैतिक बिस्लेशक अरु कोहि नभएको महसुस गराउछौ। तर बास्तबिकतामा धेरै फरक भएको पाउछौ।कुनै एक पार्टीको झणडा र झोला बोकेको आभास हुनेगरि संजालमा गर्दनका नश नशहरु फुल्लिने गरि लाइभ आएर चिच्याउने र धुवाँधार आलोचना गर्दैमा सामाजिक ब्याक्तित्व प्रमाणित हुदैन भन्ने सत्यता बिर्सिएका हुन्छौ।
कतिपय ब्याक्तित्वहरु संजालको माध्यमबाट अभियान चलाएर उठाइएको आर्थिकमा पनि गिद्दे नजर लगाएर मोजमस्ती गरेको र आर्थिक अनियमितता गरेका घटनाहरु पनि कता कता सुन्ने गरेका छौ।यस्ता अमानवीय र संकीर्ण मानसिकता देखि टाढा रहनुपर्ने र बदमासी गर्ने जो कोहि लाई पनि सामाजिक बहिष्कार गर्ने हिम्मत जुटाउन आबस्यक देखिन्छ।क्यौ संजालमा देखिएका वास्तविक सामाजिक अभियन्ताहरु,आफ्नो धरातल नबिर्सिएका ब्याक्तित्वहरुले सर्बप्रथम बस्तुस्थितिको बारेमा गम्भीर अध्यन गरेर बडो सालिन र भद्र शैलीमा आफ्नो शुझाब सल्लाह र समर्थन सहितको मीठो प्रतिक्रिया दिने गर्छन।यो अत्यन्तै राम्रो पक्ष हो।
गुल्मी मुसिकोट नगरपालिका-१ पौंदी अमराई अरेवा ।
हाल कुवेत
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)