Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्ड–माधव समूह : संसदीय दलको नेतामा चयन भए प्रचण्ड

प्रचण्ड–माधव समूह : संसदीय दलको नेतामा चयन भए प्रचण्ड

  • 3.1K
    SHARES

  • प्रचण्ड–माधव समूह :  संसदीय दलको नेतामा चयन भए प्रचण्ड

    बुटवल,पुस ८ - 

    नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह)ले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

    नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।

    प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

    बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी  शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology