Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज अपरान्ह ४ बजेका लागि कांग्रेसले बाेलायाे सर्वदलीय बैठक

आज अपरान्ह ४ बजेका लागि कांग्रेसले बाेलायाे सर्वदलीय बैठक

  • 2.4K
    SHARES

  • आज अपरान्ह ४ बजेका लागि कांग्रेसले बाेलायाे सर्वदलीय बैठक

    बुटवल,पुस ६-

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

    ‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले  भने। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।

    बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ।आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए।

    आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए। प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology