Logo बिहिवार, आश्विन १ गते २०८३
images

मधुमेह रोग न्युनिकरणमा हाम्रो भूमिका 

मधुमेह रोग न्युनिकरणमा हाम्रो भूमिका 

  • 1.6K
    SHARES

  • मधुमेह रोग न्युनिकरणमा हाम्रो भूमिका 

    -बिष्णु हरि आचार्य 

    बदलिँदो जिबन सैलि,आहार,बिहार,बिचार र व्यबहारमा आएको परिवर्तन, शारीरिक निष्क्रियता जस्ता कारणले हाम्रो जस्तो प्राकृतिक सुन्दर देशमा पनि मधुमेह रोगको अवस्था दिनप्रतिदिन बड्दो क्रममा छ।मधुमेह जस्लाइ चिनि रोग, सुगर,डाइबिटिज आदि नामले चिन्ने गरिन्छ। सामान्य रुपमा सरिक गरुङ्गो हुने, सरिकका अंगहरुमा झमझमाहट लाग्ने, मुख सुक्ने,पिसाब लागि रहने, मोटो पन बड्ने,भोक लागिरहने जस्ता लक्षणका साथ पर्योगशालामा र्गतत परिक्षण गर्दा रगतमा चिनिको मात्रा आबस्यक भन्दा धेरै देखियमा मधुमेह भएको पुष्ठि हुन्छ।

    मधुमेह मुख्य रुपमा दुइ प्रकारका हुन्छ्न। प्याङ्कृयाजले शरीरमा चाहिने मात्रामा इन्सुलिन उत्पादन गर्न सकेन भने त्यस्तो कारणबाट भएको मधुमेहलाई  टाइप 1 डाइबिटिज भनिन्छ भने प्याङ्कृयाजले प्रयाप्त इन्सुलिन पैदा गर्दा पनि रक्त केषिका हरुले ग्रहण गर्न नसकेको अबस्थाको मधुमेहलाइ टाइप 2 डाइबिटिज भनिन्छ।
    यि दुबै प्रकारका मधुमेहको मुख्य कारण असन्तुलित आहार,सारिरिक निष्क्रियता,अव्यवस्थित दिन चर्या, असम्यमित निद्रा र मनको चंचलता नै हो।diabetic-4.jpg


    नियन्त्रण वा घरेलुु उपाय

    जिबन शैलि परिवर्तन गरि प्राकृतिक दिन चर्याको पालना गर्नु नै मधुमेह रोग न्यूनीकरणको भर पर्दो उपाय हो।सन्तुलित आहार,बिहार, बिचार र व्यबहारमा आएको फरक पनलाइ ब्यबस्थापन गर्न सक्यौं  भने रोग नियन्त्रणमा महत्वपूर्ण टेवा थपिने छ।
    सन्तुलित आहार दिनमा ५-६ पटक थोरै थोरै खानु शरीरको लागि अत्यन्तै फाइदा जनक मानिन्छ ।

    १०० ग्राम गहुँ,१००चामल ,१०० ग्राम मकै र १०० ग्राम मुगको दाललाइ लिएर बोक्रा सङ्गै पिसौ र एकै ठाउँमा मिसाइ उक्त योगमा १०ग्राम मेथि,५ ग्राम तिल ,५ ग्राम ज्वानो र केहि मात्रामा हरियो साग मिसाइ दलिया तयार गरौ उक्त दलियामा हल्का नुन राखि १०० ग्रामको मात्रामा दिनमा चार पटक पर्योग गरौ।जसले औसधिको समेत काम गरि संतुलित आहारको पुर्तो गर्दछ।
    बिरामि र सरिरको रोगप्रतिरोधक क्षमताको बिचार गरि लौला, काक्रो ,करेला र टमाटरको जुस तयार गरि ५०-५०एम एलको मात्रामा दिनमा २ पटक बिहान साज पर्योग गरौ।

    उपलब्ध भएमा अस्वगन्धाको ताजा पात ५-१० ग्राम बिहान साज खाना पछि खाउ।
    इन्सुलिन प्लान्टको आधा पात बिहान साज पर्योग गर्न सकिन्छ।
    नियामित मर्निङ वाकको समय तालिका बनाउ।मर्निङ वाक गर्दा अन्य सामन्य अवस्थाको हिडाइ भन्दा ३०-४० प्रतिशात छिटो हिडौ।
    नियमित ३०-४० मिनेट योग गर्ने बानि बसालौ। मन्डुकासन,ससकासन,कपालभाति, सुर्य नमस्कार जस्ता योग प्राणायामले मनमा सकारात्मक उर्जा पर्वाह गर्दै हर्मोन संतुलन कायम राख्न मद्दत गर्दछ्न।
    मधुमेह रोगले अनेक जटिलता ल्याउन सक्छ त्यसैले संबंधित बिसेसज्ञको परामर्श लिदै गरौ।
    मनको तनाव ब्यबस्थापन गर्न गित सङ्गितमा रमाउ दिनमा केहि समय ध्यान गरौ।


    लेखक - योग अभियान्ता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पुर्वाका कार्यलय प्रमुख हुन्

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology