Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘विचार र दृष्टिकोणको कमीले कांग्रेस बिग्रेको हाे,अब हामी सपार्छाैँ’ : डा.चन्द्र भण्डारी

‘विचार र दृष्टिकोणको कमीले कांग्रेस बिग्रेको हाे,अब हामी सपार्छाैँ’ : डा.चन्द्र भण्डारी

  • 2.9K
    SHARES

  • ‘विचार र दृष्टिकोणको कमीले कांग्रेस बिग्रेको हाे,अब हामी सपार्छाैँ’ : डा.चन्द्र भण्डारी

    बुटवल मंसिर १६ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले देशमा राजनीतिको भ्याक्सिन दिने डाक्टर आवश्यक रहेको बताए। नेता भण्डारीले राजनीतिक नेताहरू सुध्रन जरुरी रहेको बताएका हुन्।

    बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दैनिक रूपमा हजारौँ युवा विदेश पलायन भइरहेको सन्दर्भ उल्लेख गर्दै नेतृत्वले यतातर्फ ध्यान दिनुपर्ने बताए।

    ‘एक पटक मन्त्री, २-२ पटक सभामुख भएका सुवास नेम्बाङको मृत्यु हुँदा छोराहरू विदेश भएका कारण तीन दिन लास राख्नुपर्‍यो’, नेता भण्डारीले भने, ‘कहिलेसम्म छोराछोरीहरू आउँदासम्म लास राख्ने, यस विषयमा सोच्नुपर्दैन?’ उनले विचार र दृष्टिकोणको कमीले कांग्रेस बिग्रेको र त्यसैको असर सरकारमा हुँदा पनि केही गर्न नसकेको बताए।

    नेता भण्डारीले पार्टी सभापतित देउवा अब अन्तिमपटक सभापति भएको स्मरण गर्दै पार्टीभित्र गुटकै कारण समस्या निम्तिएको बताए। ‘आज गुल्मी, अर्घाखाँचीमा हजारौँ कार्यकर्ता सम्मेलनमा छन्। बुटवलमा पनि हजारौँ सहभागी छन्। हामी चुनाव किन हार्‍यौँ?’ उनले भने।

    यी समाचार पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology