बुटवल,मंसिर १६ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गरेका हुन्।
‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’, देउवाले भने। उनले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे।
उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजाने भन्दै काम गरेर देखाउने बताए।
‘चन्द्र भण्डारीको भाषण सुनियो,अब उहाँको टाउकोमा काम आएको छ,हामी उहाँसँगै काम गर्नेछौँ’, देउवाले भने। 'चन्द्र भण्डारी जी विल पावर भएको मान्छे हुनुहुन्छ उहाँ बाँचेर आउनुभयो उहाँलाइ बधाइ पनि छ । देउवाले अगाडि भने -उहाँ भाषण गर्न सिपालु हुनुहुन्छ, अब काम गर्ने बेला आएको छ, काम पनि गर्नुस् '।
यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)