Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल : झरना फाईनलमा

प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल : झरना फाईनलमा

  • 2.3K
    SHARES

  • प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल : झरना फाईनलमा

    बुटवल, पुस २ -

    प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा झरना स्पोर्टिङ क्लब कुन्जलापुर विजयी हुदै फाईनल प्रवेश गरेको छ ।विहिबार भएको पहिलो सेमीफाईनल खेलमा शिवनगर युवा क्लब, दिपनगरलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । 

    सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा झरनाका लागि अजय थापाले ८ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए तर शिवनगरका सुनिल श्रेष्ठले खेलको १५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

    निर्धारित समयको खेल बराबरी भएपछि ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा शिवनगरका सुभाष महतो र सुमन बेल्बासेले बल बाहिर प्रहार गरे । खेलमा शिवनगरका किशोर राना  म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।

    शुक्रबार दोस्रो सेमीफाईनलमा आयोजक सौभाग्य युवा क्लब र सिद्धार्थ युवा क्लब, चपरहट्टि बिचमा खेल हुने खेल संयोजक चक्र खड्काले बताए । यसैबिच स्वर्गिय प्रचण्ड थैव अक्षयकोष निमार्णको लागि खेलप्रेमी भुपेन्द्र क्षेत्री (हरि) ले ५० हजार रुपैयाको घोषणा गरेका छन ।

     

    प्रभु लाईफद्घारा महासंघलाई स्वस्थ्य सामग्री
    स्वस्तिक श्रेष्ठ 
    बुटवल, २ पुस
    प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पत्रकार महासंघलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेको छ । विहिबार एक समारोहका बिच ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, रुपन्देही शाखा प्रमुख प्रकाश अधिकारीले महासंघका अध्यक्ष यानेन्द्र जिसिलाई सुरक्षा कीट हस्तान्तरण गरेका हुन । महासंघका अध्यक्ष यानेन्द्र जिसिले सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा संस्थागत रुपमा अघि बढ्ने समेत बताए । 
    ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदीले ईन्स्योरेन्स संस्थाको जन्म नै सामाजिक उत्तरदायित्व बहन गर्ने बताए । अझै पनि केही ईन्स्योरेन्स कम्पनीहरु सिक्ने क्रममा समेत रहेका भन्दै कमी कमजोरी औलाउदै सच्चिदै अगाडी बढ्नुपर्ने बताए । ईन्स्योरेन्सका प्रदेशमा १० वटा शाखामार्फत सेवा दिदै आएको उनले बताए । जसमा २७ सय बढि बिमितहरु रहेको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, पौष २ २०७७०९:२५:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology