Logo बिहिवार, आश्विन १ गते २०८३
images

उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान देउवालाई गगनको सुझाव

उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान देउवालाई गगनको सुझाव

  • 2.2K
    SHARES

  • उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान देउवालाई गगनको सुझाव

    कैलाली,मंसिर ३० -

    नेपाली कांगेसका युवा नेता गगन थापाले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

    सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाएका हुन् ।

    संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली कांग्रेसले पाउने भएकैले अहिलेसम्म सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको थापाको आरोप छ । पहिले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकले पूर्णता पाउने उनले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ ।

    बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य उपसभामुख पद रिक्त छ ।

    कैलालीबाट राष्ट्रपतिलाई गगनकाे चुनाैती हिम्मत भए काठमाडौंमा चुनाव लड्न आईबक्सियाेस्

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology