Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘सरकारकै कारणले नै सडकमा राजा आऊ, देश बचाऊ भन्ने नारा लाग्याे,यसमा ओली सरकार जिम्मेवार छ’ : देउवा

‘सरकारकै कारणले नै सडकमा राजा आऊ, देश बचाऊ भन्ने नारा लाग्याे,यसमा ओली सरकार जिम्मेवार छ’ : देउवा

  • 3.4K
    SHARES

  • ‘सरकारकै कारणले नै सडकमा राजा आऊ, देश बचाऊ भन्ने नारा लाग्याे,यसमा ओली सरकार जिम्मेवार छ’ : देउवा

    बुटवल,मंसिर २९-

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा राजाबारे सडकमा प्रदर्शन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन्।

    ‘कम्युनिष्ट सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्। यसमा ओली सरकार जिम्मेवार छ,’ उनले भने, ‘कांग्रेस राजाका पक्षमा छैन।’

    उनले वर्तमान संविधान र व्यवस्था नै उपर्युक्त भएको बताएका छन्। ‘संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने हो,’ देउवाले भने।

    प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै उनले राजा फर्केर आउने भ्रम नराख्न आग्रह गरेका छन्। सरकारविरूद्ध मकवानपुरमा आज भएको प्रदर्शनमा सभापति देउवाले भने, ‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्,कहाँबाट हिम्मत आयो ?’

    आफूले प्रजातन्त्रका लागि लड्दा राजाले थुनेर राखेको उनले बताएका थिए। ‘राजाले त्यसबेला थुने, जेलमा मलाई राखे। अहिले राजा आऊ, देश बचाऊ भन्ने ?,’ देउवाले भने, ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्न। त्यसैले राजा आउने भ्रम नराख्नू।’

    यी खबरहरु पनि पढाै :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology