- गोकर्ण ज्ञवाली 'प्रकास'
बाको उमेर ढल्किसक्यो तर युवा कहलिनुहुन्छ
गाऊँले जीवनसंगै सङ्घर्षमा हरपल लहडिनुहुन्छ !
थाप्लोमा नाम्लो र गर्हौ भारीको बोझ लिनुहुन्छ
गाऊँकै परिभेषमा रम्ने पौरखी सोंच लिनुहुन्छ !
भयो बा अब आराम गर्नूस शहर छिर्नूस भन्यो
शहरको महंगी र आलस्यता मन पर्दैन भन्नूहुन्छ !
बा लाई गाऊँमै अर्गानिक तरकारी र दुध मनपर्छ
शहरको हावा पानी र कोलाहाल मन पर्दैन भन्नुहुन्छ !
गाऊँमा युवा छैनन पर्दा साथ मर्दा काँध दिने मेरा बा
छोरा तँ असल, ईमान्दार र परिश्रमी हुनुपर्छ भन्नूहुन्छ !
बा को फूलेको दारी कपाल र त्यो जोशमा धेरै अन्तर छ
जीवन सङ्घर्ष हो यसबाट टाढा कैले नभाग्नू भन्नूहुन्छ !
बा तपाईका फूटेका पाईतला र हत्केला, चाउरी परेका गाला
ए बा अब त आराम गर्नूस भन्यो त्यो जोश सधै उर्वराउनू हुन्छ
प्रेसरको विरामी, हातगोडा कपाउँदै त्यो अदभूत सङ्घर्षहरु
रोक्नूस, अडिनूस, काँध म थाप्छु भन्यो, तर बा दौडिनुहुन्छ !
यस्ता साहसी, सङ्घर्ष र ईमान्दारिताको प्रेरणाका धनी मेरा बा
मलाई असल, ईमान्दर र परिश्रमी बन्न सधै बाटो देखाउनूहुन्छ
वस मलाई मेरो बा को हाँसो र खुशी हरकर्मको उर्जा बनोस
बा मुख हेर्ने दिनको शुभकामना, मेरो बा हजुर महान हुनुहुन्छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)