Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीकै उत्कृष्ट रामनगर सामुुदायिक वनको ११ औँ साधारणसभा

रुपन्देहीकै उत्कृष्ट रामनगर सामुुदायिक वनको ११ औँ साधारणसभा

  • 2.7K
    SHARES

  • रुपन्देहीकै उत्कृष्ट रामनगर सामुुदायिक वनको ११ औँ साधारणसभा

    बुटवल,मंसिर २८-

    बुटवलको रामनगर सामुुदायिक वनको ११ औँ साधारणसभा सम्पन्न भएको छ । कोभिड–१९ का कारण जुुमबाट साधारणसभा सम्पन्न भएको हो ।

    साधारणसभालाई सम्बोधन गर्दै रुपन्देहीका जिल्ला वन अधिकृत बोधराज सुुबेदीले शहरको मुुटुुमा रहेको रामनगर सामुुदायीक वनले राम्रा काम गर्दे आएको र बेला बेला पुुरस्कृत हुुंदै आएकोमा खुुसी व्यक्त गरे ।

     कार्यक्रममा बुुटवल उपमहानगर वडा नं १० का वडा अध्यक्ष पदम थापाले वनको विकासमा उपमहानगरका तर्फबाट सक्दो सहयोग गरेको बताए । १६१ हेकटर क्षेत्रफल रहेको सामुुदायिक वनले वडा गरिब तथा जेहेनदार छात्र छात्रालाई सहयोग प्रदान गर्नेदेखि लिएर विभिन्न सामाजिक काम गरेको अध्यक्ष क्याप्टेन किशन थापाले जानकारी दिए । अध्यक्ष थापाले आगामी दिनमा वन व्यवस्थापन गर्न विभिन्न योजना रहेको बताए  ।

    लेखा समितीका संयोजक बिसन थापाले आर्थिक प्रतिवेदन प्रस्तुुत गरे । उपाध्यक्ष यमुुना काउचाको स्वागत कार्यबाहक सचीव भेग बहादुुर थापाको संचालन तथा किशन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

    सभामा कार्यसमीतीका पदाधिकारी मात्र उपस्थीत थिए भने बाँकी साधारण सदस्यहरु जुुममार्फत सहभागी बनेका थिए । कोरोनाबाट जोगीन र मितब्यबयीताका हिसाबमा पनी यस्ता साधारण सभा वर्तमान समयमा विभिन्न संस्थाहरुले गर्दे आएका छन् ।

    याे वन पटक–पटक वैज्ञानीक वन व्यवस्थापनबाट पुुरस्कृत भएको थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology