Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलवस्तुलाई हराउदै राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जित्याे

कपिलवस्तुलाई हराउदै राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जित्याे

  • 2.7K
    SHARES

  • कपिलवस्तुलाई हराउदै राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जित्याे

    बुटवल,मंसिर २५-

    कपिलवस्तुको बाणगंगामा जारी राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।  सोझो सेटमा कपिलवस्तुलाई हराउदै कास्कीले जितेको हो । पहिलो सेट २१-१६ र दोस्रो सेट २१-७ ले कास्की बिजयी भएको हो ।

    प्रथम भएसगै कास्कीले ६६ हजार नगद सहित शिल्ड र मेडल पाएको छ भने द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल पाउन सफल भएको छ । कास्कीबाट बिशाल खड्का र बिधान अधिकारी त्यस्तै कपिलवस्तुबाट बिनोद पौडेल, राजु थापा फाइनलमा पुगेका थिए ।

    प्रतियोगिताको आयोजना बाणगंगा नगरपालिका वडा नः ४ ले गरेको हो भने प्रतियोगिताको समन्वय शान्ती दीप युवा क्लवले गरेको छ । प्रतियोगितामा बिभागिय टोली सहित देशभरका ३७ समुहको सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने वडाका रुपमा बाणगंगा नगरपालिका वडा न ४  रहेको छ ।

    कार्यक्रममा खेलाडीलाई प्रदेश सासंद बिष्णु पन्थीले सम्मान प्रदान गरेका थिए ।साथै उनले युवालाई खेलसगं जोड्न सके समाज राम्रो हुनुका साथै खेल क्षेत्रमा पनि अगाडी बढीने बताए । वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले प्रतियोगितालाई निरन्तरता दिने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology