Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

गुल्मीका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

  • 4.3K
    SHARES

  • गुल्मीका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

    बुटवल,साउन १९ ।

    गुल्मीका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन भएको छ । सुगरका बिरामी रहनुभएका उहाँको उपचारको क्रममा बुटवलमा निधन भएको हो ।

    लामोसमय देखि बिभिन्न पेशा ब्यबसायको अनुभव समेत संगाली पछिल्ला बर्षहरुमा पत्रकारितामा सक्रिय रहनुभएका उहाँको आज उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो । 

    गुल्मी रुरु १ थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवालीले ग्रामिण क्षेत्रको पत्रकारितामा दख्खल राख्नुहुन्थ्यो । उहाँको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भोलि मात्रै अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले नागरिक अनलाइनलाइ जानकारी दिएको छ। 

    गीत संगितमा समेत  रुचि राख्ने उहाँले थुप्रै गीतहरु सिर्जना समेत गर्नुभएको थियो । उहाँको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा हुनुहुन्छ । उहाँको परिवार हाल पोखरा बस्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology