Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न विभागमा धर्ना

पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न विभागमा धर्ना

  • 1.7K
    SHARES

  • पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न विभागमा धर्ना

    काठमाडौं,साउन १९।

    श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ। शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र समेत बुझाएका हुन्। 

    महासंघको तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताउनुभयो। उहाँले प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गर्नुभयो। उहाँले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफलअघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

    उहाँले भन्नुभयो, ‘‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फछ्र्यौट गर्ने गरेका छौँ। हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ। प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेका छौँ। श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनुपर्छ।’ 

    धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यसायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताउनुभयो। 

    प्रदर्शनकारीले प्रेस रजिष्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए। उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अबिलम्व प्रेस रजिष्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाएर प्रदर्शन गरेका हुन्।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology