Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिनाउमा जलसतहले खतराको तह पार गरेपछि त्रास

तिनाउमा जलसतहले खतराको तह पार गरेपछि त्रास

  • 1.6K
    SHARES

  • तिनाउमा जलसतहले खतराको तह पार गरेपछि त्रास

    बुटवल,साउन ९ ।

    लुम्बिनी प्रदेशमा भारी वर्षा भैरहेको छ । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ ।

    तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ । विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology