Logo बिहिवार, श्रावण १४ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुख स्वास्थ्य जाँच शिविर,२ सय जनाले लिए लाभ

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुख स्वास्थ्य जाँच शिविर,२ सय जनाले लिए लाभ

  • 2.4K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुख स्वास्थ्य जाँच शिविर,२ सय जनाले लिए लाभ

    बुटवल,साउन ५ ।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल हाटबजारमा मुख स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ । आधुनिक समाज डेन्टल केयर प्राली बुटवलको प्राविधिक सहयोगमा शिविर भएको हो ।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको हेल्थ डेस्क समितीद्वारा आयोजित कार्यक्रममा २ सय जनाले लाभ लिएका छन् । कार्यक्रममा डा काजोल श्रेष्ठ , डा मनिला गुरुङ लगायतको स्वास्थ्य टोलीले मुख स्वास्थ्य जाँच गर्नुभएको हो ।

    क्याम्पसका हेल्थ डेस्क कोर्डिनेटर ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले  समाज डेण्टलले पछिल्लो समय समाजमा स्वास्थ्य सम्बन्धि परामर्श र चेकजाँच गरेको प्रती खुशी व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसाल संयोजक माधव सापकोटा सहायक क्याम्पस प्रमुख रमेश प्रसाद पाण्डे , सहप्राचार्य कृष्ण प्रसाद खनाल , बिभागिय प्रमुख , प्राध्यापक, कर्मचारी एव विद्यार्थीको सहभागिता रहेको थियो ।

    कार्यक्रममा क्याम्पस प्रमुख बिष्णु प्रसाद राना र आधुनिक समाज डेण्टलका अध्यक्ष अमृत भुसालबिच एमओयु भएको छ। डेण्टलका अध्यक्ष अमृत भुसालले सहकार्यका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रमका सभापति तारा प्रसाद ज्ञवालीले हेल्थ डेस्कले सबैलाइ निशुल्क सेवा लिन मदत पुगेको बताउनुभयो । कार्यक्रमको सञ्चालन प्राध्यापक तिर्थराज काफ्लेले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology