बुटवल मंसिर २३ -
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा केरवानी स्पोर्ट्स क्लब र फर्साटिकर विजयी भएका छन।
बिहान भएको पहिलो खेलमा केरवानी स्पोर्ट्स क्लब ढेकारले नव एकता क्लबलाई २-१ गोल अन्तर तथा फर्साटिकर एफसी फर्साटिकरले कन्चन-११ लाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो रोमान्चक खेलमा नव एकताका ११ मिनेटमा सन्जय केसीले गोल गर्दै खेलमा अग्रता दिलाएको थियो । तर त्यो अग्रता धेरैबेर टिकेन केरवानीका दिलिप थापाले खेलको २२ औ मिनेटमा बराबरी गोल गरे ।
दिलिपले खेलको ६९ औँ मिनेटमा अर्को गोल गर्दै टिमलाई विजयी बनाए । उनी खेलमा म्यान अफ दि म्याचबाट पुरस्कृत भए।
यसैगरि दोस्रो खेलमा सुजन रानाले खेलको ४७ औँ र रामगोपाल कुमालले ५० अौ मिनेटमा गोल गरेका थिए । कुमाल खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
राधाकृष्ण युवा क्लब र शिवनगर युवा क्लब तथा डियुनिटि खैरेनी र झरना स्पोर्ट्स क्लबका बिचमा खेल हुने खेल संयोजक चक्र खड्काले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)