काठमाडौं ,असार २ ।
पत्रकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा कृति सार्वजनिक गरिएको छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् । साथै, उपन्यासमार्फत लेखकले जनयुद्ध के का लागि भन्ने प्रश्न समेत गरेका छन् ।
इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा सर्जकहरुको बाक्लो सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)