Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फूल फुल्यो बनमा माया फुलेको

फूल फुल्यो बनमा माया फुलेको

  • 1.8K
    SHARES

  • फूल फुल्यो बनमा माया फुलेको

    -गोबिन्द राज ओझा (राजन)    
    फूल फुल्यो बनमा माया फुलेको छ मनमा
    सपनामा सबै घुमिरहन्छन् आँखामा
     
    लाग्न थाल्छ मनमा पिरतीको खेल
    कसरी फसायौ मायामा कस्तो रहेछ माया जाल
    बेलाबेलामा आफैसित प्रश्न गर्दै एकान्तमा बस्छु
    लुकामारी खेल्दाखेल्दै प्रेमले मन छुन्छु
     
    आफै हराएको हुन्छु भोक निद्रा पनि हराउँछ
    यी यादहरू मनमा आएर मनलाई डुलाउँछ
    कसरी भनूँ मैले के गरेर भनूँ मनको कुरा
    को सित पोखूँ मैले मन भित्रका कुरा
     
    फूल फुल्यो बनमा माया फुलेको छ मनमा
    सपना सबै घुमिरहन्छन् आँखामा

    ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology