Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलका कृष्ण चौहान क्षेत्रीलाई ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२ ’

बुटवलका कृष्ण चौहान क्षेत्रीलाई ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२ ’

  • 5.4K
    SHARES

  • बुटवलका कृष्ण चौहान क्षेत्रीलाई ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२ ’

    बुटवल,जेठ ३०।

    ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२ ’ बुटवलका कृष्ण चौहान क्षेत्रीले पाएका छन् ।

    सिजन मिडियाले आफ्नो स्थापनाको १४ वर्ष भएको अवसरमा देश तथा विदेशमा रहेर सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै प्रदेशका १४ जना प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि अवार्ड दिएको हो । शुक्रबार १४ जना समाजसेवीको नाम सार्वजनीक गरेको थियो ।

    लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय बुटवलका कृष्ण चौहान क्षेत्री छनौट भएका हुन् । चौहान नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव हुन् ।

    यस्तै चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी लायन अमित कुमार शर्मा, काठमाडौंका वरिष्ठ फोटोपत्रकार, गीतकार तथा समाजसेवी हरिगोपाल प्रधान, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, स्नेहा पोखरेल स्नेही काखकी सन्चालीका, अन्नपूर्ण आत्मनिर्भर बालाश्रम पोखराकी सञ्चालक शारदा बस्नेतलाई पनि अवार्ड पाए।

    त्यसैगरी गोरखाली व्यावसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियन्ता प्रिन्सा रेग्मीसहितलाई तेस्रो संस्करणको ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२’ दिइएएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । चौहानसहित १४ जनालाई नै आज काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा हुने एक कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology