Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्व वातावरण दिवस : शान्ति समाज रुपन्देहीद्वारा नागथान मन्दिरमा बृक्षरोपण

विश्व वातावरण दिवस : शान्ति समाज रुपन्देहीद्वारा नागथान मन्दिरमा बृक्षरोपण

  • 4.6K
    SHARES

  • विश्व वातावरण दिवस : शान्ति समाज रुपन्देहीद्वारा नागथान मन्दिरमा बृक्षरोपण

    बुटवल,जेठ २२ ।

    मानव अधिकार तथा शान्ति समाजले बुटवलमा शान्ति बाटीकामा बृक्षरोपण गरेको छ ।  ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हाे । विश्व वातावरण दिवसको अवसरमा वुटवल २ मनकामना मन्दिरमाथि रहेको बासुकी नागथान मन्दिर परिसरमा फलफूलका बिरुवाहरु रोपिएको हो ।

    कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रिय निवर्तमान सभापति  गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको बताए । उनले सरकारले वातावरण संरक्षणको नीति ल्याउनुपर्ने बताए ।उनले सरकारको चुरे दोहन नीति स्विकार्य नभएको बताए ।

    शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई कृष्णको अध्यक्षता तथा सचिव कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा केन्द्रिय सचिव मिना ढकाल,केन्द्रिय सदस्य डिपि खनाल लगायतले बाेल्दै  वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । tree plan.jpg

    नागथान परिषरमा आँप, बेल, धुपिसल्लो,कल्पिफूल लगायत प्रजातीका बिरुवा रोपिएको हो ।  संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology