Logo बिहिवार, आश्विन १ गते २०८३
images

२८ औं स्थापना स्थापना दिवसमा शान्ति समाज रुपन्देहीद्वारा झुल वितरण

२८ औं स्थापना स्थापना दिवसमा शान्ति समाज रुपन्देहीद्वारा झुल वितरण

  • 1.3K
    SHARES

  • २८ औं स्थापना स्थापना दिवसमा शान्ति समाज रुपन्देहीद्वारा झुल वितरण

    बुटवल,जेठ २१।

    मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवस मनाइएको छ । समाजको रुपन्देही शाखाले बुटवल १३ बेलबास जवईस्थित दृष्टिविहिन संरक्षण केन्द्रमा आश्रित रहेका दृष्टिबिहिनलाई झुल वितरण गरेको छ ।

    शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई कृष्णले गर्मी याममा लामखुट्टेको बिगबिगी रहेको र दृष्टिबिहिनहरुलाई लामखुट्टेको टोकाईबाट लाग्ने रोगहरुबाट जोगाउने उद्देश्यले झुल बितरण गरिएको बताउनु भयो । कुल १५ जना दृष्टिबिहिन अनाथहरुका लागि झुल बितरण गरिएको शान्ति समाज रुपन्देहीले जनाएको छ ।

    मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा कार्यगर्दै आएको एक स्वयसेवी संस्था हो ।

    रुपन्देही जिल्लामा रहेर पनि खासै कसैको नजर पुग्न नसकेको उक्त दृष्टिविहिन संरक्षण केन्द्रका संरक्षकका रुपमा रहेका पदम नेपालीले गुनासो गरेका छन् ।संरक्षक नेपालीका अनुसार उक्त केन्द्रमा हाल विभिन्न जिल्लाका १५ जना दृष्टिविहिनहरुले आश्रय लिइरहेका र ति दृष्टिविहिनहरुले बजारका बिभिन्न स्थानमा चोकचोकमा गीत गाएर आफ्नो कला प्रस्तुत गरेर जिवन निर्वाह गरिरहेका छन् । पदम नेपाली भन्छन् –दृष्टिविहिनहरु आफ्नै कला र गला सुकाएर बाँचेका छौं, हामी आफै सिप विकाएर खाएका छौ । बजार क्षेत्रमा होस वा अन्य क्षेत्रमा हामीले गीत गाएर आफुहरु धानिएका छौं ।

    कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, पूर्वकेन्द्रिय सदस्य तथा जिल्लाका पुर्वसभापति कृष्ण पराजुली, रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्रका संरक्षक पदम बहादुर नेपाली, नेपाल बजारका प्रवन्धकका विश्वमणी भुसाल, शान्ति समाज रुपन्देहीका सचिव कृष्ण पाण्डे, सहसचिव सिता पौडेल, लगायतले बोल्दै समाजिक क्षेत्रमा समाजले खेलेको भूमीकाको चर्चा गरेका थिए ।मानव अधिकार तथा शान्ति समाजले २०६२-६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको स्मरणिय छ ।

    मानव अधिकार तथा शान्ति समाजले कुनैपनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दातृसंस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था, धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन ।समय आन्दोलनका रुपमा निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र साहित्यिक कार्यक्रम मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ ।

    त्यस्तै २०७२ सालको भुकम्पपछि राहत अभियान र दलित, गरिब र बिपन्न परिवारका बिद्यार्थीहरुका लागि छात्रबृत्ती लगाएतका योगदान गर्दै आएको छ ।saamaj.jpg

    मानव अधिकार तथा शान्ति समाजका अनुसार बिगत करिब ३ दशकदेखि निरन्तर मानव अधिकार, शान्ति ,लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता जगतमुखी, जीवनमुखी, सेवामुखी, छुवाछुत, भेदभाव लगायत क्षेत्रमा महत्पूर्ण भूमीका खेलेको संस्था हो ।

    समाजले प्रत्येक वर्ष प्रदान गर्ने १ लाख १० हजार राशीको बद्रि पहाडी समाजसेवा पुरस्कार र स्रष्टा सम्मान पुरस्कार स्थापना गरेको छ ।यसैगरी २०७८ सालदेखि शान्ति समाजले शुरु गरेको ५ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत ३७ जना दलित बालिकालाई ९मोरङमा० प्रत्येक वर्ष रु। १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिदै आएको छ ।

    हाल कर्णाली प्रदेशका विकट हिमाली जिल्लाका ७७ जना दलित बालिकालाई ३ वर्षे छात्रवृत्ति प्रदान गरिदैँ आएको छ । यसप्रकार शान्ति समाजले हरेक वर्ष दलित बालिकालाई प्रदान गर्ने छात्रवृत्ति संख्या १ सय १४ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology