Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्यम गर्न चाहनेका लागि लुम्बिनी प्रदेश सरकारले व्याज अनुदानमा ऋण दिने,नेपाल बैँकसंग हस्ताक्षरपत्रमा सहमति

उद्यम गर्न चाहनेका लागि लुम्बिनी प्रदेश सरकारले व्याज अनुदानमा ऋण दिने,नेपाल बैँकसंग हस्ताक्षरपत्रमा सहमति

  • 8.1K
    SHARES

  • उद्यम गर्न चाहनेका लागि लुम्बिनी प्रदेश सरकारले व्याज अनुदानमा ऋण दिने,नेपाल बैँकसंग हस्ताक्षरपत्रमा सहमति

    बुटवल,मंसिर १९ । 

    लुम्बिनी प्रदेश सरकारले रोजगार गुमाएका र नया उद्यमीबन्न चाहनेहरुलाई लक्षित गर्दै व्याज अनुदानमा ऋण प्रबाह गर्ने भएको छ ।  नयाँ उद्यम गर्न चाहनेहरुका लागि उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशले व्याज अनुदानमा ऋण प्रवाह गर्ने भएको छ ।

    चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार मन्त्रालयले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालयसंग सम्झौता गरी अनुदानग्राहीलाई व्याज अनुदानमा ऋण प्रवाह गर्न लागेको हो ।

    उक्त ऋण प्रवाहको सम्झौता पत्रमा शुक्रबार एक कार्यक्रमका बीच मन्त्रालयका महाशाखा प्रमुख रमेश नेपाल र नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पाबीच हस्ताक्षर भएको छ ।

    यो कार्यक्रम लागू भएपछि व्यापारिक घाटा घटाउनका साथै युवालाई विदेश पलायन हुनबाट रोक्न सकिने उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

    यस सम्झौताबाट वैदेशिक रोजगारबाट फर्किएका, दलित महिला, द्वन्द्वपिडित, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत तथा अल्पसंख्यकहरुले व्याज अनुदानमा ऋण लिन सक्ने र ३ बर्ष ब्याज नलाग्ने नेपाल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पाले बताए ।

    बैंकले यसअघि रुपन्देहीको तिलोत्तमा,पाल्पाको तानसेन,लगायतका लुम्बिनी प्रदेशका १२ स्थानयतहसंग समेत यसप्रकारको व्याज अनुदानमा ऋण प्रवाह गरिरहेको बैंकको प्रादेशिक कार्यालयका प्रबन्धक सुपज ज्ञवालीले बताए ।

    सम्झौता अनुसार स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने अत्यावश्यक वस्तु तथा नितान्त वस्तु उत्पादन गर्ने उद्यामीलाई प्राथमिकतामा दिई प्रति उद्यमी न्यूनतम  ३ लाखदेखि अधिकत्तम १० लाखसम्म ऋण लिन सकिनेछ ।mou.jpg

    ३ वर्षसम्म लाग्ने व्याज उद्यमीको मन्त्रालय तिर्नेछ । त्यसका लागि मन्त्रालयले १० करोडको उद्यम विकास कोष बनाएको छ । १२ वटै जिल्लामा उद्यम गर्न चाहनेहरु यस कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

    ऋण प्रवाहपछि  चालू आर्थिक वर्षमा १५ सय नयाँ उद्योग स्थापना हुनुका साथै ६ हजार जना प्रत्यक्ष रुपमा रोजगारमा संलग्न हुने आँकलन गरिएको मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले बताए ।

    याे पनि पढाैँ:-

     नेपाल बैंकको सहकार्यमा तिलोत्तमानगरका ८७ जनालाइ विनाधितो सहुलियतपूर्ण कर्जा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology