Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : भरिएको भुंडीलाई सन्देश 

कविता : भरिएको भुंडीलाई सन्देश 

  • 1.3K
    SHARES

  • कविता : भरिएको भुंडीलाई सन्देश 
    -धनुषा गुर्धामी
     
    आफ्नो लगि कमिलाले पनि त कनिका खोजेकै हुन्छ।
    अरे तिमी त मनुष्य हौ, बाच र बचाउन सिक।।
     
    इर्स्या,डाहा,क्रोध आखिर किन? र कस्का लागि??
    दुई दिनको जीन्दगी न हो ,हास र हसाउन सिक।।
     
    कति खेल्छौ त्यो आलोचनाको आगनमा फोहोरी खेल।
    अब त सभ्यताको बगैचामा सजेउ र सजाउन सिक।।
     
    मुलुक दिक्क भैसक्यो तिम्रो अति,अत्या र भ्रष्टाचारबाट।
    भो,खानसक्ने जति मात्रै खाउ र पचाउन सिक।।
     
    राजनीति भनेको खाल्डो खन्ने र मान्छे खसाल्ने होइन होलानी।
    सचेतहरु भन्दैछ्न् आफु सच्चेउ र सच्याउन सिक।।
     
    -केदारस्यु ०४बझाङ (अध्यारो बस्तीबाट)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, बैशाख ३१ २०८००३:५५:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology