बुटवल,बैशाख ३१ ।
गायिका देविका बन्दनाको संस्मरण ‘जित्नेको हाँसो’ क्यान्सर विरामीका लागि एउटा प्रेरणाको स्रोत रहेको बक्ताहरुले बताएका छन् ।
शनिबार बुटवलमा आयोजना गरिएको पुस्तकको समिक्षा कार्यक्रममा बोल्ने समिक्षकहरुले पुस्तकमा क्यान्सरसंग सम्बन्धित कुराहरु समेटिएको र अझै प्ररणादयी रहेको बताएका थिए ।
पस्तकका समिक्षक लुम्बिनी वाङ्मय प्रतिष्ठानका ऋषि आजादले पुस्तक क्यान्सरको औषधीको रुपमा आएको भनाई राख्नुभयो ।गायन यात्राको तीन दशकको अवधिमा १ हजार बढी गित गाउनु भएकी देविका बन्दनाले आफू क्यान्सरसंग लड्दै गर्दा पनि गायन नरोकिएको बताउँदै क्यान्सरलाई जित्नको लागि सबैभन्दा ठूलो आत्मवल जरुरी रहेको भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जीवनप्रसाद वझाले पुस्तकले क्यान्सरका विरामीलाई प्रेरणा प्रदान गरेको बताउनु भयो ।पुस्तकका लेखक चिरन बरालले आत्मविश्वास बढाउन सक्ने हो भने क्यान्सर जस्तो जटिल रोगलाई पनि जित्न सकिन्छ भन्ने कुरा पुस्तकमा समेटिएको भनाई राख्नुभयो ।
गायिका देविका बन्दनाले जीत्नेको हाँसोको अंग्रेजी अनुवाद ‘वीनर्स गेल’ पनि संगसंगै ल्याउनु भएको छ । उक्त पुस्तकको माधव कुमार पौडलले अंग्रेजी अनुवाद गर्नुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, क्यान्सरसंग लडेर जितेकी यानिक राना ,संचारकर्मी सुमन श्रेष्ठलगायतले भनाई राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)