बुटवल,बैशाख २६ ।
रुपन्देही पुल तथा स्नुकर संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार बुटवलमा भएको अधिवेशनले सुजन पुनको अध्यक्षतामा १५ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्ष बासु प्रधान, द्वितिय उपाध्यक्ष नबिन गुरुङ, महासचिव शंकर खड्का, सचिव प्रकाश क्षेत्री, कोषाध्यक्ष अमिन थापा रहनुभएको छ । भने सदस्यहरुमा बिशाल काउचा, सरोज केसी, रमेश रोका, सन्जु बस्नेत, जोसनमान गौचन, बिजय गुरुङ, साराङ राना, समुन्द्र अमात्य, प्रदिप बिक निर्वाचित हुनुभएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारासहित २०६८ सालमा स्थापना भएको संघको सोमबार बुटवलमा औपचारिक कार्यक्रमको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उदघाटन गर्दै स्नुकर खेलको विकासमा आफ्नो साथ सहयोग रहने प्रतिवद्घता जनाउनुभयो ।
उहाँले खेलकुद भनेको वैकल्पिक विधा नभई यो अनिवार्य भएको दाबी गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिलाउने फराकिलो दायरा भएको विधामा सबै एक हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले खेललाई चलायनमान गराउने जिम्मेवारी नेतृत्वको हुने बताउनुभयो । स्नकुर खेलको विकास, पुर्वाधार विकास र खेलाडी प्रशिक्षणको कामलाई अघि बढाउन उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा अध्यक्ष गजेन्द्रमान श्रेष्ठ,संरक्षक सोभित दर्लामी, वरिष्ठ सल्लाहकार सन्जयरत्न बज्राचार्य, सल्लाहकार राजु गुरुङ, दुर्गा थापा, सुरज मकाजु, प्रमोद थापा, हेम पुन, शिशिर गुरुङ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, प्रेस सल्लाहकार टोपराज शर्मा, दिपक न्यौपाने, रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन, संघका सचिव शिव राना, संघमा उपाध्यक्ष सुजन पुन, बबिन थापा, कोषाध्यक्ष गोपालले स्नुकर खेलप्रतिको आकर्षण बढ्दै गर्दा यहाँ रहेका नया नेतृत्वबाट सबैलाई समेट्न जरुरी रहेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)