Logo शनिवार, श्रावण १६ गते २०८३
images

स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान

स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान

  • 5.9K
    SHARES

  • स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान

    बुटवल,बैसाख १६  ।

    नेपाल स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा पुन: प्रेमसागर कर्माचार्य निर्विराेध निर्वाचित हुनु भएकाे छ । समाजकाे शनिबार बुटवलमा सम्पन्न चाैथाे महाधिवेशनले कर्माचार्यकाे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

    समाजकाे उपाध्यक्षमा ध्रुव थपलिया (चितवन), महासचिवमा कृष्ण चाैहान क्षेत्री (रुपन्देही), सचिवमा तिर्थराज अवस्थी (कास्की) र काेषाध्यक्षमा प्रतिमा लामा (रसुवा) निर्वाचित हुनु भएकाे छ ।

    त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिकाे सदस्यहरुमा विमलकुमार भित्रकाेटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गाेविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहनु भएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology