बुटवल,भदौ १८ ।
बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।उनकाे इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनलाइ बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकाे थियाे ।
गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएकाे थियाे । रुपन्देहीमा हिजाे बुधबार मात्रै उपचाररत ३ जनाले ज्यान गुमाएका थिए ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)